हेर्नुस २०८१ साल पुस ११ गते बिहीबार तपाईंको राशिफल

  • पुस ११, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं। आज २०८१ साल पुस ११ गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर २६ तारिख। पौष कृष्ण पक्षको एकादशी तिथि। सफला एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  

मेष : मन खुशी रहनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विपक्षीमाथि विजय प्राप्त हुनेछ। अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्नेछ। साथीभाइले सहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। मन अशान्त बन्नेछ। पढाइमा मन नजाँदा निराशा बढ्नेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ। साथीभाइले सहयोग गर्नेछन्।

मिथुन : मन अशान्त रहनेछ। साना कुरामा निराशा बढ्नेछ। मनमा भएका असन्तुष्टि साथीलाई सुनाएमा मन शान्त हुनेछ। परिवारमा विवाद गरेमा घाटा हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ।

कर्कट : दिन सामान्य छ। साथीसँग बोल्दा सोच्नुपर्ने हुन्छ। परिवारसँग बसेर रमाइलो गर्ने समय छ। राजनीतिक क्षेत्रमा भने साथीले सहयोग गर्नेछन्। लामो दूरीको यात्रा तय हुनेछ।

सिंह : मन असन्तुष्टि बढ्नेछ। साना कुरामा अल्झनु भन्दा महत्त्वपूर्ण काममा समय दिएमा फाइदा हुनेछ। मनमा खटपटी बढे पनि दिनको समयमा महत्त्वपूर्ण काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योगलाई सदुपयोग गर्नुपर्नेछ। साथीभाइले तपाईंको पक्षमा काम गर्नेछन्। व्यापारमा लगानी गर्ने भए तपाईंका लागि दिन अनुकुल छ। परिवारमा सुख प्राप्त हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ।

तुला : दिन सामान्य छ। अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। सामाजिक काममा सक्रिय हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। परोपरकार गर्ने बानीले आफ्नो समय र धनसमेत खर्च हुनेछ।

वृश्चिक : व्यापारमा फाइदा हुनेछ। घरमा परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। सानो कुरामा अल्झिएमा मन अशान्त बन्नेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दिन राम्रो भएकाले सोचेको काम बन्नेछ। साथीभाइ र सहकर्मीले तपाईंको योजनामा साथ दिनेछन्। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यका उच्च व्यक्तिबाट हौसला प्राप्त हुँदा दिन सहज बन्नेछ।

मकर : कम बोल्ने बानीले मानसिक चिन्ता बढ्नेछ। व्यवसायमा सोचेको जस्तो आम्दानी नहुने जोखिम छ। राज्यको माथिल्लो तहबाट भय र त्रास बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कुम्भ : मन अशान्त रहेकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ। तपाईंको हातबाट गरेको लगानीले घाटा हुने जोखिम रहेकाले संयुक्त लगानी गर्नु राम्रो हुनेछ। बिहान शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। दुई पाङ्ग्रे सवारी साधनमा पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा देखिएको समस्याको समाधान हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved