धन सिंह धामी, महेन्द्रनगर, १० पौष राष्ट्रिय प्रजातन्त्र पार्टीले गाँउ,वडा कमिटि अधिबेशन वृहत् रुपमा अघि बढाएको छ ।
राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुसार २०८१ मंसिर मसान्तसम्म पुनर्गठन गरी सक्नु पर्ने कार्यक्रम अनुरुप कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिकामा क्षेत्र न.०२ का क्षेत्रिय अध्यक्ष बम बहादुर बमको संयोजकत्वका साथै नगर कमिटी र वडाको सयुक्त सहकार्यमा पहिलो वडा अधिवेशनको शुभारम्भ गरेको हो ।
शुक्लाफाँटा नगरपालिका वडा न १२ मा पहिलो अधिवेशनबाट मोहन देव जोशीको अध्यक्षतामा २४ सदस्यीय वडा कमिटी गठन, साथै रम्भा भाट ज्यूको अध्यक्ष्यतामा १३ जना सदस्यीय महिला वडा कमिटी गठन भएको छ । यसैगरी सोहि नगरपालिका वडा नं ३ मा दिपेन्द्र देउवाको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
यसैगरी पहिलो चरणमा शुक्लाफाँटामा रहेका सबै वडा कमिटि गठन पश्चात क्षेत्र नं.०२ भित्रका अन्य नगरपालिकामा पनि वडा अधिबेशन सफल पार्ने संयोजक बमले बताएका छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved