सामाजिक अभियन्ता सुनिता दनुवारको निधन

  • पुस ८, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ ।

जोरपाटीस्थित आफ्नै निवासमा उनी सुतेकै स्थानमा अचेत फेला परेकी थिइन् । पारिवारिक स्रोतका अनुसार उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो । सुतेकै ठाउँमा अचेत फेला परेकी उनलाई परिवारका सदस्यले तुरुन्त अस्पताल लगेका थिए ।

उनको हृदयघातका कारण निधन भएको बुझिएको छ । सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् । उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो ।

दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दक्षिण एशियाकै सबैभ ...

काठमाडौं । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट ( NAAMI ) ले बुधवार एनुअल नेपा ...

हेर्नुस २०८१ साल पुस ...

काठमाडौं। आज २०८१ साल पुस ११ गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर २६ तारिख। पौष कृष्ण पक्षको एकादशी ...

भीम रावल एमालेबाटै न ...

                   फाइल तस्वीर काठमाडौं । नेकपा ए ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved