हैदरावादका ओपनर टेभिस हेड र अभिषेक शर्माको ऐतिहासिक जित

  • बैशाख २७, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको छ।

राजीव गान्धी अन्तर्राष्‍ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १६६ रनको लक्ष्य हैदरावादले ९.४ ओभरमै भेट्टाएको हो। हैदरावादको ऐतिहासिक जितका लागि ओपनर टेभिस हेड र अभिषेक शर्माले १६७ रनको ऐतिहासिक साझेदारी गरे।

हेडले ३० बलमा ८ चौका र ८ छक्काको मद्दतमा नटआउट ८९ रन बनाए। अभिषेकले २८ बल खेल्दै ८ चौका र ६ छक्काको मद्दतमा नटआउट ७५ रन बनाए। लखनउका कुनै पनि बलरले विकेट हात पार्न सकेनन्। बुधबार भएको खेलमा हैदरावादले लखनउविरुद्ध आईपिएल इतिहासमै धेरै रेकर्ड बनाएको छ।

सबैभन्दा ठूलो साझेदारी, बिना विकेटको जित र ओपनरको ऐतिहासिक साझेदारीको रेकर्ड हैदरावादले बनाएको हो। टी-२० क्रिकेटमा १० ओभरमै १६६ रनको चुनौती पूरा गरेको रेकर्डसमेत हैदरावादले बनाएको छ। डेभिस हेडले मात्र १६ बलमा अर्धशतक पूरा गरे भने अभिषेक शर्माले १९ बलमा अर्धशतक बनाए ।

उनीहरुले पावर प्लेमा सय रनको साझेदारीसमेत गरेका छन् । सुरुमा ब्याटिङ गरेको लखनउका लागि आयुष बदोनीले नटआउट सर्वाधिक ५५ रन बनाएका थिए। कप्तान केएल राहुल २९ र क्रुनाल पाण्ड्या २४ रनमा आउट हुँदा निकोलस पुरन ४५ रनमा अविजित रहे।

हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट हात पार्दा प्याट कमिन्सले एक विकेट लिए। यो जितसँगै हैदरावादको प्लेअफ सम्भावना दलियो भएको छ। अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हैदरावादले १२ खेलमा सात जित निकाल्दै १४ अंक जोडेको छ।

हैदरावादसँग पराजित भएको लखनउ भने छैठौं स्थानमा झरेको छ। १२ खेल खेलेको लखनउले ६ खेलमा जित निकाल्दै १२ अंक जोडेको छ। आईपिएल अन्तर्गत बिहीबार पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरुको प्रतिस्पर्धा हुँदैछ ।  यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हुथी विद्रोहीहरूमाथि ...

काठमाडौं । यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग ...

रघुजी पन्तले ज्ञाने ...

काठमाडौं : राप्रपा सांसद दिपकबहादुर सिंहले आफ्ना सांसद ज्ञानेन्द्रबहादुर शाहीमाथि नेकपा एमालेका सांस ...

असफल भएको गणतन्त्र ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved