न्युजिल्याण्ड १४ वर्षपछि महिला टी-२० विश्वकपको फाइनलमा

  • कार्तिक ३, २०८१
  • कालापानी मिडिया
alt


काठमाडौं । न्युजिल्याण्ड १४ वर्षपछि पहिलोपटक आईसीसी महिला टी(२० विश्वकपको फाइनलमा पुगेको छ ।

गएराति शारजाहमा भएको खेलमा वेष्ट इण्डिजलाई ८ रनले पराजित गर्दै न्युजिल्याण्डले फाइनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले पूरै २० ओभरमा ९ विकेट गुमाएर १२८ रन जोडेको थियो। उसका लागि जर्जिया प्लिमरले सर्वाधिक ३३ रन बनाउँदा सुजी बेट्सले २६ तथा इसाबेला गेजले २० रन जोडे ।

वेष्ट इन्डिजकी डिएन्ड्रा डोटिन एक्लैले ४ विकेट लिँदा एफी फ्लेचरले २ विकेट झारिन् । १ सय २९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको वेष्ट इण्डिजले पूरै २० ओभरमा ८ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । उसका लागि पनि डिएन्ड्रा डोटिनले सर्वाधिक ३३ रन नै बनाउन सफल भइन् भने अन्य ब्याटरको प्रदर्शन फितलो रह्यो ।

न्यूजिल्याण्डकी एडेन कार्सनले ३, अमेलिया केरले २ तथा फ्रान जोन्स, ली ताहुहु र सुजी बेट्सले एक–एक विकेट लिए । यो जितसँगै न्यूजिल्याण्डले उपाधि भिडन्तका लागि दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको छ । दक्षिण अफ्रिका अस्ट्रेलियाको महिला टोलीलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि राति पौने ८ बजे दुबईमा हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल का ...

काठमाडौं । आज २०८१ साल कात्तिक ६ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर २२ तारिख। कात्तिक कृष्ण पक्षको ...

बिपक्षी पाँच दलले बु ...

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा (माओवादी क ...

त्रि.बि.बि का स्नातक ...

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्न ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved