उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण सुरु

  • आश्विन २३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण सुरु गरिएको छ।

खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट काठमाडौँ उपत्यकामा पानी पथान्तरण गरेका हुन्।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखाबाट वितरण सुरु भएको छ।

स्थानीयहरुसँगको वार्तापछि मन्त्री यादवले पानी अब अर्को वर्षातको समयसम्मै वितरण हुने र स्थानीयका मागहरु दसैँपछि बोलाएर सम्बोधन गरिने बताए।

वर्षातसँगै मेलम्ची खानेपानीको मुहानमा हुने क्षतिलाई मध्यनजर गरी पानी पथान्तरण रोकिएको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सिरियाका सयौं क्षेत् ...

काठमाडौं । इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ। सञ्चारमाध्यमका अनुसा ...

हिमपातले अवरुद्ध सिम ...

सिमकोट । हुम्लामा आइतवार रातिदेखि सोमवार दिउँसोसम्म निरन्तर भएको हिमपातले अवरुद्ध सिमकोट विमानस्थलमा ...

शेखर कोइराला समूहलाई ...

काठमाडौँ । सांसद सुनिल शर्माले संस्थापन पक्षले शेखर कोइराला र उनको समूहलाई पेलिरहे ०८४ अघि कांग्रेस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved