अब जनकपुर बोल्टसले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिश्पर्धा गर्ने

  • पुस ४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ।

कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनाएको थियो। ११९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरले ८ विकेट गुमाएर ११९ रन बनायो। जनकपुरका लागि जेम्स निसम ४५, हर्ष थाकर १७, मयन यादव र आकाश त्रिपाठी समान १३, कप्तान आशिफ शेख चार, शुभ कंसकार तीन लाहिरू मालिन्था दुई, मोहम्मद मोहसिन एक रन बनाए भने शेर मल्लले अविजित १६ रन बनाए।

कर्णालीका लागि विपिन शर्माले तीन, कप्तान सोमपाल कामी, जिद मक्सुद, विलियम बसिस्टो, एक विकेट लिए। टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनायो। कर्णालीका लागि गुलशन झा २५, देव खनाल २४, विलियम बसिस्टो १४, जिद मक्सुद र युनिस ठकुरी समान १२, चाडविक वाल्टन ११, कप्तान सोमपाल कामी पाँच अर्जुन घर्ती द्ई, जयकिसन कोल्सावाला एक रन बनाएर आउट भए भने नन्दन यादव ४ रनमा अविजित रहे। ज

नकपुरका लागि ललित राजवंशी,जेम्स निसम ​ र मोहम्मद मोहसिनले समान दुई, हर्ष ठाकर, शेर मल्लले एक एक विकेट लिए। उपाधिका लागि जनकपुरले सुदूरपश्चिम रोयल्ससँग प्रतिश्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जयनेपाल पार्टीका अध् ...

​धनगढी / सुदूरपश्चिम नवनिर्मित जयनेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर राणा सुदूरपश्चिम क्षेत्रको सङ्ग ...

वरिष्ठ पत्रकार युवरा ...

काठमाडौँ । वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको शनिबार बिहान निधन भएको छ। श्वासप्रश्वासमा गम्भीर स ...

केएमसीमा पाँच दिनकी ...

काठमाडौं । ​काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा जन्मिएको पाँच दिनमै नवजात शिशुको सफल शल्यक्रिय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved