महराविरुद्ध अदालतमा मुद्दा दायर गरिँदै, आजै थुनछेक हुने, के होला आदेश ।

  • कार्तिक १४, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौँ 

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जिल्ला सरकारी वकिल कार्यालयले आज अदालतमा मुद्दा दायर गर्दैछ। प्रहरीले यसअघि कात्तिक ८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पेस गरेको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले बिहीवार अभियोगपत्र दायरको तयारी गरेको छ। तिहार बिदा परेकाले प्रतिवेदन अनुसार अभियोगपत्र तयार भइसकेको छैन। बिहीवार नै अभियोगपत्र तयार पारी अदालतमा पेस गर्ने तयारी रहेको कार्यालय स्रोतले जनाएको छ।

दिउँसो १ बजेपछि अभियोगपत्र अदालतमा पेस गर्ने कार्यालयको तयारी छ।

स्रोतका अनुसार महरामाथि प्रहरीको राय अनुसार जबर्जस्ती करणीमा अभियोगपत्र पेस गरिनेछ। यस्तै, सार्वजनिक पद धारण गरेको व्यक्तिबाट कसुर भएकाले मुलुकी दण्ड सजाय ऐन अनुसार थप डेढी सजाय माग हुनेछ।

डेढी सजायसहित महरामाथि कम्तीमा साढे पाँच वर्षदेखि साढे सात वर्षसम्म सजाय मागदाबी हुन सक्नेछ।

प्रहरीले अनुसनधानका सम्पूर्ण प्रमाणहरु सरकारी वकिललाई बुझाइसकेको छ। पछिल्लोपटक अदालतको आदेश अनुसार भएको डिएनए परीक्षणको प्रतिवेदन प्रहरीले बिहीवार नै सरकारी वकिल समक्ष हस्तान्तरण गर्दैछ। प्रहरीलाई उक्त प्रतिवेदन प्राप्त भइसकेको छ।

प्रहरीले घटनास्थलबाट प्राप्त गरेको सबुतको परीक्षण सकिइसकेको छ। परीक्षणका सम्पूर्ण प्रतिवेदन प्रहरीले सरकारी वकिललाई यसअघि नै हस्तान्तरण गरिसकेको छ।

प्रहरीले सबै प्रमाण बिहीवार हस्तान्तरणको तयारी समेत गरेको छ।

‘अभियोगपत्रसाथ आजै अदालतमा उपस्थित गराइँदैछ। बाँकी रहेको परीक्षणका प्रमाणहरु पनि आजै हस्तान्तरण हुन्छ’, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले भने।

असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।

तीन पटक गरी प्रहरीले महरालाई अनुसन्धानका लागि २५ दिन थुनामा राख्ने अनुमति लिइसकेको छ। उक्त म्याद सकिएको छ। महराले पोलिग्राफ टेस्ट गर्न अस्वीकार गरेका छन्।

बिहीवार अभियोगपत्र पेस भएमा थुनछेक प्रक्रिया पनि प्रारम्भ हुनेछ। थुनछेक बहसपछि अदालतले थुनामा राखेर मुद्दाको पूर्पक्षमा सहभागी हुन वा धरौटीमा रिहाको आदेश गर्न सक्नेछ। साधरण तारेखमा पनि रिहा गर्न सक्नेछ।

पूर्पक्षको लागि थुनामा रहेमा महरा सांसद् पदबाट स्वतः निलम्बित हुनेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved