गोरखाका एक युवाले बनाए अण्डा कोरल्ने मेसिन,मेसिनबाट चल्ला उत्पादन गर्दैै

  • बैशाख २९, २०७७
  • कालापानी मिडिया
alt

आश्विन दानी,गोरखा । गोरखाका एक युवाले घरेलु सामानबाट अण्डा कोरल्ने मेसिन एगइन्क्यूवेटर बनाएर सफल परिक्षण गरेकाछन् । रोजगारीकालागी जापानजाने तयारी गरिरहेका २३ बर्षिय योहोन्ना तामाङले लकडाउनको समय सदुपयोग गरी युट्युवमा अपलोड गरिएको भिडीयो हेररै एगइन्क्यूवेटर बनाएका हुन ।

लकडाउनमा समयको सदुपयोग गर्र्दै गोरखाका तामाङले अण्डा कोरल्ने मेसिन बनाएर प्रमाणित गरेका छन् । गोरखा सदरमुकाममा रहेकोे गोरखा क्याम्पसमा विज्ञान बिषयमा तेस्रो बर्षमा अध्यनरत तामाङले लकडाउन अघि नै आफ्नो अध्ययनलाई बिचमै ंबिट मारेर रोजगारीकालागि जापानजाने तयारी गरिरहेका थिए । तर, लकडाउन नसकिँदै उनले जापानजाने सोच परिवर्तन गरे । लकडाउनकै समयमा उनले घरेलु सामानबाट अण्डा कोरल्ने मेसिन बनाएर सफल परिक्षण गरेका छन् ।

उनले पहिलो चरणमा ५० ओटा अण्डा हालेर परिक्षण गरेकोमा ९५ प्रतिशत अण्डाबाट चल्ला उत्पादन गरे । पहिलो परिक्षण सफलभएलगत्तै उनले दोस्रो पटक करिब एक सय वटा अण्डा कोरोल्न हालेका छन् । तामाङ लकडाउन पछि बिदेशजाने रहरलाई त्यागेर अब आफ्नै ठाउँमा एगइन्क्यूवेटरको उत्पादनलाई ब्यबसायिक ढङ्गबाट अघि बढाउने बताउँछन् ।

तामाङ जस्तै धेरै युवाहरुसँग ज्ञान, सिप र क्षमता भएका छन् तर, आवश्यक लगानी नहुदा विदेशिन बाध्य भएका छन् । सरकारले हरेक बर्ष युवा स्वरोजगारकालागि भन्दै करोडौँ बजेट बिनियोजन गरेपनि सम्बिन्धीत ब्यक्तिले नपाउँदा हरेक महिनालाखौँ युवाहरु कामकालागी बैदेशिक रोजगारिमा जाने गर्दछन् । तसर्थ सरकारले युवाहरुलाई उनिहरुको ज्ञान र सिपको आधारमा लगानिगरी स्वदेशमै रोजगारिको बतावरण श्रृजना गर्न जरुरी देखिन्छ ।

https://youtu.be/kZuqbzNWcjw?list=UUZ6S1VeveFMAQAAVoKYvq8A

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved