डोटी : डोटीमा बदेलको आक्रमणबाट एक जना घाइते भएका छन् । शिखर नगरपालिका ३ आलीका ३४ बर्षिय भोज बहादुर जोरा घाइते भएका हुन् ।
घाइते जोराको राजपुर स्थित सुजंङ्ग अस्पतालमा उपचार भैरहेको छ । घर नजिकै रहेको खेतबारी सिंचाइका लागि कुलो खन्ने क्रममा भिरलो ठाउँमा अकस्मात बँदेलले आक्रमण गरेको हो । बदेल देखेर भाग्ने क्रममा लखेटेर आक्रमण गरेको घाइते जोराले बताए ।
घाइते जोराको अनुहार तथा दायाँ खुट्टा र तिघ्रामा गहिरो चोट लागेको सुगंज अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved