नेपाली भुमि फर्काउन माग गर्दै राप्रपाको बुटबलमा विरोध

  • वैशाख ३०, २०७७
  • कालापानी मिडिया
alt

बुटबल । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटबलमा विरोध र्याली गरेको छ । नेपालको भूमी लिम्पियाधुरामा भारत पक्षबाट एकलौटी रुपमा जमिन कब्जा गरि चिनको मानसरोवर जोड्ने सडक बनाएर उद्धघाटन गरिसक्दा पनि नेपाली पक्षलाई कुनै जानकारी नै नगराएको तथा नेपाल सरकारबाट पनि त्यति ठूलो राष्ट्रिय चासोको बिषयमा केही बोल्न र गर्न नसकिरहेको भन्दै विरोधमा उत्रिएको हो ।

कालापानी हाम्रो हो, सिमा मिच्न पाइदैन, विदेशी हस्तक्षेप चाहिदैन, हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नारा लगाउँदै हस्पिटल लाइन पुष्पलाल पार्कबाट सुरु गरि ट्राफिक चोक पुगेर पुन पुष्पलाल पार्कमै आएर सम्पन्न भएको केन्द्रीय सदस्य नविन पौडेलले हिन्दुखबर डटकमलाई जानकारी दिए ।

र्यालीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य नवीन पौडेल, राजेन्द्र पाण्डे, इरसाद आलम साथै नगर अध्यक्ष निरज प्रताप खाँड, क्षेत्रीय अध्यक्ष राम बहादुर थापा, मध्यपुर्ब संयोजक तोयानाथ लम्साल, ट्रेड युनियन महासंघ नेपाल टुकोनका उपाध्यक्ष राजन अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved