त्रिवि शिक्षण अस्पतालमा आकस्मिक बैठक, उपचाररत विरामीमा कोरोना संक्रमण भटियो

  • जेठ १, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एक जना बिरामीलाई कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालले थप रणनीति तय गर्न आकस्मिक बैठक बसेको छ।

त्रिवि शिक्षण अस्पतालका कार्यकाकारी निर्देशक प्रेमकृष्ण खड्गाले अस्पतालमा भर्ना गरिएको एक विरामीमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे। कोरोना संक्रमित देखिएपछि अस्पतलालाई ब्यवस्थापनमा कठिनाई भएको उनको भनाई छ।

'रिपोर्ट पोजेटिभ आएको छ। अहिले अस्पतलाई ब्यवस्थापन गर्न अप्ठ्यारो परेकाले हामी थप के गर्ने भन्ने मिटिङ बस्दैछौं,' उनले भने। संक्रमित अस्पतालमा भर्ना भएका बिरामी भएको उनको भनाई छ।

अस्पताल शिल गर्ने नगर्ने निर्णय अहिले बस्ने अस्पताल ब्यवस्थापनको बैठकले तय गर्ने खडगाले बताए।

कपिलवस्तुकी ६ वर्षीया बालिका कोरोना संक्रमित भएको आज स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो। तर, ती बालिका शिक्षण अस्पतलमा भर्ना भएकी हुन् भन्ने मन्त्रालयले खुलाएको छैन। शिक्षण अस्पतालले पनि भर्ना भएका विरामी यिनै बालिका हुन् या नयाँ संक्रमित भन्ने खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved