पूर्व राजाले देशको कानुन पालना गर्दै प्रशासनको अनुमति लिएर मात्रै काठमाडौं आउदैं

  • जेठ २, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाबाट काठमाडौं फर्कनका लागि जारी गरिएको सवारी पास रद्ध गरिएको दुई घण्टाभित्रै उपलब्ध गराइएको अधिकारीहरूले दाबी गरेका छन्।

अधिकारीहरूका अनुसार लकडाउनका बेला काठमाडौं प्रवेश गर्ने सवारी साधनहरूमा कडाइ गरिएका कारण उनको यात्राका लागि जारी गरिएको पास फिर्ता लिइएको थियो।

उक्त विवरण सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा केहीले विरोध गरेका थिए। लकडाउनकै बेला नेता तथा अन्य व्यक्तिहरू निर्बाध रूपमा यात्रा गरिरहेका बेला पूर्व राजपरिवार माथि गरिएको व्यवहार राम्रो नभएको भन्दै सरकारी निर्णयको आलोचना गर्नेहरू पनि बाक्लै थिए।

 

pppp

 

केही हप्ता अघि मात्रै सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट केही नेता तथा नेपाल प्रहरीका प्रमुख समेत रहिसकेका सर्वेन्द्र खनाल सहितको टोलीले काठमाडौं  ल्याएका थिए।

त्यसबेला कुनै पनि निकाय बाट रोकटोक नभएको यादवले बताउँदै आएका छन्। पूर्व राजा र उनकी पत्नी कोमल पछिल्ला केही महिनादेखि दमकस्थित हिमालयन टी गार्डेनमा बसिरहेका थिए।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार बिहीवार पूर्व राजाको यात्राका लागि सवारी पास जारी गरिएको थियो।

सामान्य प्रक्रिया स्वरूप आफूहरूले पास जारी गरेको तर गृह मन्त्रालयको अनुमति लिएर मात्रै पास जारी गर्नुपर्ने प्रावधान लागु भएको अवस्थामा आफूहरूले उक्त पास पक्रिया नपुगेको भन्दै तत्काल रद्द गरेको उनले स्वीकार गरे।

उनले भने, हामीले आफैँ प्रक्रिया पुगेन भनेर पास रद्द गरेका हौँ। पछि गृहबाट अनुमति प्राप्त भए पछि हिजै पास दिइएको हो ।

रानामगरका अनुसार पहिलो पटक पास बिहीवार साँझ करिब ५ बजेतिर जारी गरिएको थियो। लगत्तै रद्द गरिएको उक्त पास गृह मन्त्रालयबाट करिब ६ बजे निर्देशन प्राप्त भए पछि पुनः जारी गरेर करिब ७ बजे नै उपलब्ध गराइएको हो। यो प्रक्रियागत त्रुटि थियो। हामीले हिजै रद्द गरेको पास पुन जारी गरेका हौँ, उनले भने।

तर पूर्व राजाको सञ्चार मामिला हेर्दै आएका फणिराज पाठक भने राति १० बजे मात्रै सवारी पास जारी गरिएको बताएका छन् । सरकारकै निर्देशनमा पनि खासमा झन्डावाला गाडी वा सुरक्षाकर्मीहरूले पहरा दिएको गाडिलाई पास नचाहिने खाले व्यवस्था उल्लेख गरिएको छ। तर पूर्व राजाले देशको कानुन पालना गर्दै प्रशासनको अनुमति लिन चाहनु भएको हो, उनले भने।

आफु काठमाडौंमै भएकाले यसबारे धेरै जानकारी भने नभएको पाठकले बताएका छन् । शुक्रवार बिहान ८ बजे पूर्व राजा सहितको ४ वटा गाडी काठमाडौंतर्फ हिँडेको बताइएको छ।
सर्वसाधारणसहित नेताहरूमाथि पनि कडाइ गरिने
केही हप्ता अघि मात्रै नेपाली कांग्रेसका नेता कृष्ण सिटौला आफ्ना छोराको विवाहका क्रममा काठमाडौंबाट परिवारसहित झापा पुगेका थिए। त्यस बाहेक अन्य नेता र विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरू पनि निर्बाध रूपमा हिँडिरहेको विवरणहरू बेला बेलामा आउने गरेका छन्।

रानामगरका अनुसार पछिल्लो परिस्थितिमा अब त्यस्तो गर्न सम्भव हुने छैन। विशेष गरी काठमाडौं प्रवेश गर्न चाहनेहरूमा त्यस्तो कडाइ गरिएको उनको भनाइ छ। त्यसकारण अब कृष्ण सिटौला काठमाडौं जानु परे पनि पास लिनुपर्छ, उनले भने।

बिबिसि

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved