कैलालीको गौरीफन्टा नाकाबाट ३८१ नोपालीको उद्धार

  • जेठ ३, २०७७
  • कालापानी मिडिया
alt

कृत विष्ट, धनगढी । सीमावर्ती भारतीय क्वारेन्टाईमा रहेका नेपालीको शुक्रवार कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरिएको छ। गौरीफन्टा नाकाबाट तीन सय ८१ नेपालीको उद्धार गरिएको हो।

उद्धारपछि उनीहरुलाई धनगढीकै विभिन्न क्वारेन्टाइनमा राखिएको छ भने सम्बन्धित स्थानीय तह पठाउने कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उद्धार गरिएका तीन सय ८१ जनामा सबैभन्दा बढि कैलालीका एक सय एक जना रहेका छन्।

यस्तै कञ्चनपुरका ३९, बैतडीका २२, डडेल्धुराका १९, बझाङका १२, बाग्लुङका १०, सुर्खेतका ८, डोटीका ७, दाङ र बाजुराका ४र४, दैलेख र कास्कीका २र२, काठमाडौँ, रौतहट, महोत्तरी, सिन्धुली र अछाम जिल्लाका १र१ जनाको उद्धार गरीएको हो।

अहिले सम्म तीन सय ८१ जना मध्ये दुई सय ३५ जनाको मात्रै इन्ट्री भएको छ भने बाँकी एक सय ४६ जनाको इन्ट्री गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

उनीहरुको सीमा क्षेत्रमै ¥यापिड टेस्ट समेत गरिएको छ। यस्तै चार सय बढि भारतीय नागरिक भारत फर्किएका छन्। ८ सय बढिलाई भारत पठाउने भनिएपनि भारतले आफ्ना सबै नागरिकलाई लैजान नमानेपछि चार सय बढिलाई मात्रै पठाईएको हो।

यस्तै सीमावर्ती भारतीय क्वारेन्टाईमा रहेका नेपालीको शुक्रवार कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरिएकोमा सीमामै र्‍यापिड टेस्ट पनि गरिएको छ।

गौरीफन्टा नाकाबाट तीन सय ८१ नेपालीको उद्धार गरिएको तीन सय २४ जनाको र्‍यापिड टेस्ट गरिएको हो। कोभिड–१९ कैलालीका सम्पर्क व्यक्ति जयसिंह भण्डारीले र्‍यापिड टेस्टमा कसैमा पनि एन्टिबडी नदेखाएको बताए।

उनका अनुसार बाँकी सबैको भने पीसीआर मार्फत परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ।

‘भारतको महाराष्ट्र लगायत बढि संक्रमण रहेको क्षेत्रबाट फर्किएका नेपालीको स्वाब संकलन गरेका छौँ। यस्तै भारतमा क्वारेन्टाइन अवधि पूरा नगरेकाहरुको समेत स्वाब संकलन गरिएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशाला मार्फत उनीहरुको परीक्षण हुनेछ।’ उनले दिनेश खवरलाई भने।
भारतको नासिकबाट आएका नेपालीहरुलाई धनगढीमा पनि छुट्टै क्वारेन्टाइनमा राखिएको छ। उद्धार गरिएका तीन सय ८१ जनामा सबैभन्दा बढि कैलालीका एक सय एक जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved