सिमा सुरक्षामा खटेका सशस्त्र प्रहरीमाथि आक्रमण , पुरै गाउँले दिए प्रहरीको साथ

  • जेठ ३, २०७७
  • कालापानी मिडिया
alt FILE PHOTO

झापा : झापामा कोरोना संक्रमणको त्रासका बीच सीमामा हुने आवातजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ ।

झापाको कचनकवल गाउँपालिका १ घेराबारीमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा भारतीय नागरिकले आक्रमण गरेका हुन् ।

शनिबार राति करिब सय जनाको संख्यामा आएका भारतीयहरुले घेराबारीको झन्टुगाउँमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा आक्रमण गरेका हुन् ।

साँझ करिब ७ः३० बजेको समयमा विहारको सुरिभिट्टातर्फबाट उक्त आक्रमण भएको वडा कार्यालयको भनाइ छ ।

‘गाईवस्तु चराउन नदिएको  रिसमा उनीहरुले १२५ सीमा पिलरमा खटिएको सशस्त्र प्रहरीमाथि आक्रमण गरेको जनाइएको छ ।

भारतीयले आक्रमण गर्न थालेपछि नेपाल तर्फबाट सिंगो गाउँनै प्रतिकारमा उत्रिएको थियो भने भारतीय तर्फबाट आक्रमण नरोकिएपछि प्रहरीले हवाइ फायर समेत गर्नु परेको थियो ।IMG_20200516_224906

यसरी भारतीय पक्षले सिमा सुरक्षामा रहेका सुरक्षाकर्मी माथी गरेको आक्रमणप्रति प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले  सामाजिक संजाल मार्फत घटनाको भत्सर्ना गरेका छन्।                                                                                                                                                    उनले आक्रमणकारी लाई धपाउन सफल सुरक्षाकर्मी र स्थानीयप्रती धन्यवाद व्यक्त गर्दै दोसिलाइ कारवाहीको माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved