भारतको विभिन्न शहरहरूमा अलपत्र परेका नेपालीलाई राप्रपा प्रवास विभागको सहयोग

  • जेठ ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । लकडाउनको कारण भारतको विभिन्न शहरहरूमा अलपत्र परेका,खाध संकट झेलेका नेपालीहरूलाई राप्रपा प्रवास विभागको पहलमा उद्धार तथा खाधान्न उपलब्ध गराउन पहल गरिएको छ ।

भारतमा रहेका दाताहरूको सहयोगलिई विभागले अलपत्र परेका नेपालीहरूलाई खाधान्न,मेडिकल कीट,लगायत अन्य सहयोग पुर्याउन सुरू गरेको हो । यसै सिलसिलामा सिलुगडिमा अलपत्र परेका नेपाली विधार्थिहरूलाई राप्रपा नेता राजाराम वर्तौलाको आग्रहमा सहयोग गरिएको छ ।

हेटौडा लगायत अन्य विभिन्न जिल्लाका ५३ विधार्थिहरूलाई विगत दुई हप्ता देखि लक डाउन नखुलुन्जेल सम्म खाना र मेडिकल सामान उपलब्ध गराईएको हो । यस्कालागि सिलगडिका भानुभक्त सेवा समिति मार्फत राजेश मण्डल ,शिवु क्षेत्री लगायतले सहयोग गरेका छन् ।98258029_268676721176376_2001175526932217856_n - Copy

त्यस्तै महाराष्ट्रको पुणेमा अलपत्र परेका दैलेख लगायत पश्चिमका दाजुभाई दिदीबहिनीहरूलाई राप्रपा नेतृ तथा पूर्व मन्त्री कुन्तीकुमारी शाही र भारतको पुणेमा बस्ने नेत्र वहादुर शाहीको आग्रहमा पुणे निवासी व्यवसायी परिबाट सोमबार करिव ५ दर्जन नेपालीहरूलाई खद्यान्न सहयोग गरिएको छ ।

यी सवै कार्यको व्यवस्थापन प्रशिद्ध हेयर स्टाईलिस्ट व्यवसायी निलडेविट कटुवालको अगुवाइमा भएको राप्रपा प्रवास सम्वद्ध नेता विजय खडकाले जानकारी दिए । नेता खड्काले भारतको अन्य शहरहरूमा खाद्य संकट झेलेका प्रवासी नेपालीहरूको सुचना आईरहेको र उनिहरुको पनि समस्या समाधान गर्दैजाने प्रयास भईरहेको वताए ।

प्रवास भारतमा रहेका लाखौं नेपाली नेपाल आउने वातावरण तयार गर्न पनि उनले सरकारसंग माग गरेका छन्। प्रवासमा रोजगारि गुमाएर नेपाल फर्कने नागरिकलाई उचित व्यवसायीक ,आर्थिक ,शैक्षिक र स्वास्थ्य लगायतको परामर्श दिन राप्रपा प्रवास विभागले विज्ञहरूको हेल्प डेस्क राख्ने सोच बनाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved