डिवी मगर, गुल्मी । गुल्मीमा क्वारेन्टाइन बसेका एकजनाले आत्महत्या गरेका छन । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर चार दिगाममा रहेको क्वारेन्टाइन स्थल नजिकै सोही वडा ५६ वर्ष चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन ।
उनी शनिवार बिहान मात्रै उनी दिल्ली बाट आएको र क्वारेन्टाइनमा राखिएको गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीले जानकारी दिएकी छन । शनिबार साझा खाना खाने सयममा शौचालय जान्छु भनी हिडेका परियार क्वारेन्टाइन देखि केही टाढा रुखमा झुन्डिएको अबस्थामा फेला परेको बताईएको छ ।
अहिले घटना स्थलमा प्रहरी टोलि पुगेको र थप अनुसान्धन भैरहेको उपाध्यक्ष भण्डारीले जानकारी दिएकी छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved