बागलुङमा थपिए १० नयाँ संक्रमित, गण्डकीमा एकै दिन १६ संक्रमित भेटिए

  • जेठ २२, २०७७
  • कालापानी मिडिया
alt

पोखरा । गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कूल संक्रमित संख्या ५४ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङमा १०, पर्वतमा ४, स्याङ्जामा १, म्याग्दीमा १ गरि जम्मा १६ नयाँ संक्रमित थपिएका छन् । बागलुङ निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २२ र २९ का २ जना पुरुष र ३३ वर्षीय एक महिलामा कोरोना पुष्टि भएको छ । यस्तै, बडीगाड गाउँपालिका ठेगाना भइ सोहि पालिकाको क्वारेन्टाइनमा बसेका १६, २०, २१ र २५ वर्ष उमेर समुहका ४ जना पुरुष र बागलुङकै गल्कोट नगरपालिका क्वारेन्टाइनमा बसेका २०, २२ र २३ का ३ पुरुष गरि जम्मा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिका ठेगाना भई सोही पालिका स्थित क्वारेन्टाइनमा बसेका १८ वर्षीय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका २१ र २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिका ठेगाना भइ कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका २४ र २८ वर्ष उमेरका २ जना पुरुषमा समेत गरि पर्वतमा जम्मा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस्तै, म्याग्दीको मंगला गाउँपालिका ठेगाना भई सोही पालिका स्थित क्वारेन्टाइनमा बसेका १९ वर्षका १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित दशैं जनालाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भई रहेको निर्देशनालयले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

एकै दिन १० नयाँ संक्रमित थपिएको बागलुङ गण्डकी प्रदेशकै सबैभन्दा धेरै संक्रमित पुष्टि भएको जिल्ला बनेको छ । यो सँगै बागलुङमा १८ जनालाई कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved