आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच ५ बुँदे सम्झौता

  • जेठ २२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच ५ बुँदे सम्झौता भएपछि एक सातादेखिको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित भएको छ ।

१४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा विरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुको आन्दोलनलाई देशभरका चिकित्सकहरुले समर्थन गरेका थिए ।
बुधबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको रोहबरमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच ५ बुँदे सम्झौता भएको छ ।

सम्झौतामा ड्युटीमा खटिएका चिकित्सकमाथि हातपात गर्नेमाथि छानविन गरी तीन दिनभित्र कारवाहीको दायरामा ल्याउने, सीसीटीभी फुटेज गायव पार्नेलाई पनि तीन दिनभित्र कारवाहीको दायरामा ल्याउने सहमति भएको छ ।

यसैगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ मा विना धरौटी जेल चलाउन ‘जेल विदआउट बेल’को मर्मको अवधारणा समाविष्ट गरी मन्त्रिपरिषदले २०७६ चैत २२ गते गरेको निर्णयमा भएको स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी व्यवस्थालाई थपेर चालु संसद अधिवेशनमा पेश गर्नेलगायतका सहमति पनि भएको छ ।

हेर्नुहोस् सहमति पत्र

Sahamati-Patra

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved