आज अन्तराष्ट्रिय पुरुष दिवस

  • मंसिर ३, २०७६
  • कालापानी मिडिया
alt

ललितपुर, मंसीर ३

स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा नेपालमा पहिलो पटक आज अन्तराष्ट्रिय पुरुष दिवस २०१८ मनाइएको छ । सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्, पुरुषहरुलाई असल र आदर्शपुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुव्र्यवहारका समस्या समाजमा लुकिबसेकाले त्यसलाई उजागर गर्नुपर्ने उद्देश्यका साथ पुरुषदिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले बताउनु भयो ।

पुरुष दिवस महिलाको अधिकारलाई संकुचीत पार्नका लागि नभई महिलाको अधिकार हनन नगर्न पुरुषहरुलाई प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेको यौन दुव्र्यवहारको विषयमा थप जागरुकता ल्याउनका निम्ति आयोजना गरिएको संयोजक ठकुरीले बताउनु भयो । एक दिन नारी दिवस र बाँकी ३६४ दिन पुरुष दिवस भन्नु गलत हुन्छ । नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस हुन् तर कुनै एक दिन उनीहरुलाई लागि छुट्याउनु भनेको राज्यले उनीहरुको सहभागिता र आवश्यकतालाई सम्बोधन गरेको भनी हामीले बुझ्नुपर्ने कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायधिस र ग्ल् ःभल ीभबमक ल्भतधयचप का सदस्य कल्याण श्रेष्ठले बताउनु भयो । नेपालको कानूनले महिलालाई जबरजस्ती करणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथि भए पनि उस्तै दण्डको व्यवस्था गरेको बताउनु हुँदै तर पित्तृसत्ताका कारण बालक र किशोरमाथि हुने धेरै दुव्र्यवहार र हिंसाका घटना बाहिर नआइरहेको अवस्थाबारे बताउनु भयो । नेपालमा बालकमाथि हुने हिंसा र दुव्र्यवहारको कुनै निश्चित तथ्यांक नभएपनि यस्तो अवस्था भने डरलाग्दो छ । खासगरी पछिल्लो समय अमेरिकी, क्यानेडियन, राष्ट्रसंघीय निकायकै कर्मचारीहरु पनि बालकमाथि यौन दुव्र्यवहारको घटनामा पक्राउ परेपश्चात यस बारेमा छलफल हुन थालेपनि हुनुपर्ने जति बहस अझै थालनी भइसकेको छैन । वरिष्ठ पत्रकार तथा नेपाल टलिभिजन विकास बोर्डका सदस्य टंक पन्तले एक अध्ययनअनुसार झण्डै एक चौथाई पुरुषहरु हिंसा र दुव्र्यवहारको शिकार हुने गरेको तथ्य उजागर गर्नुभएको थियो ।

सन् १९६० को दशकबाट सुरु भएको पुरुषदिवसको आवश्यकताको बहस सन् १९९३–१९९४ मामिसौरी–कन्सास विश्वविद्यालयअन्तर्गतको मिसौरी पुरुषअध्ययन केन्द्रका निर्देशक थोमस ओस्टरको नेतृत्वमा फ्रेब्रुअरी २३ मा पुरुषदिवस भव्यताका साथ मनाउन सुरु गरिएको थियो । तर त्यसपछाडि यो दिवस मनाउन छाडिएकोमा सन् १९९९ मा ट्रिनिडाड टेंगोस्थित वेस्ट इन्डिज विश्वविद्यालयका इतिहासका प्राध्यापक डा। जेरोम तेलकसिंले १९ नोभेम्बरलाई अन्तराष्ट्रिय पुरुष दिवसको रुपमा मनाउन सुरु गरे र यसलाई विश्वव्यापी पनि बनाए । दक्षिण एसियाका भारत र पाकिस्तानमा समेत मनाइने यो दिवस नेपालमा भने यसैवर्ष देखि मनाउनथालिएको छ । विश्वमा चिन, अमेरिका, वेलायत, सिंगापुरु, दक्षिण अफ्रिका, डेनमार्क, नर्वे, अष्ट्रिया, जिम्बाबे, घाना, वेस्ट इन्डिज, फ्रान्स, इटाली लगायतका मुलुकमा पनि यो दिवस मनाउँदै आइरहेको छ । यस वर्ष संसारभर पोजेटिभ मेल रोल मोडल्स अर्थात् आदर्श पुरुषहरु भन्ने नाराका साथ मनाइरहँदा नेपालमा ३ःभत्यय अन्तर्गत नेपाली बालक र किशोरका दुव्र्यवहार र बलात्कारका विषय पनि उत्थान हुनुपर्ने सोचका साथ “किनकि बालक पनि दुव्र्यवहारमा पर्छन्” भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।

जावलाखेलबाट आज विहान ८ बजे सुरु भएको पदयात्रा मंगलबजारमा कोणसभामा परिणत भएर समापन भएको थियो । फेस पेन्टिङ, कवितावाचन, लैंगिक हिंसा विरुद्धको रातो रिबन कार्यक्रम र ऐक्यकद्दता मन्तब्य रहेको थियो । कार्यक्रममा सञ्चारकर्मी रुपेश श्रेष्ठ र बालअधिकारकर्मी त्रिवेणी कुमार यादवले कवितावाचन गरेका थिए भने अधिकारकर्मी कविता शाहले नेपालमा बालकमाथि हुने यौन दुव्र्यवहारको अवस्थाबारे प्रकास पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved