सुदूर पश्चिममा कोरोना रोकथामकालागी युरोपमा सहयोग जुटाइदै

  • जेठ २५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । गैर आवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापाले सुदूर पश्चिममा कोरोना रोकथाम र नियन्त्रणका युरोपमा सहयोग जुटाउन अभियान सञ्चालन गरेकी छन् ।

हाल बेल्जियममा व्यवसाय सञ्चालन गर्दै आएकी थापाले कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको सुदूरपश्चिममा कोरोनाको रोकथाम र नियन्त्रणका लागि युरोपबाट सहयोग जुटाउन थालेकी हुन् । ह्युमानिटी फाउण्डेसन मार्फत केही दिनअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई सय थान ¥यापिड किट हस्तान्तरण गरेकी थिईन ।

कञ्चनपुरमा जन्मिएकी थापा यतिबेला मध्यपूर्वमा लकडाउनमा फसेका नेपाली महिलाहरुको उद्दार तथा सुदूरपश्चिममा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि युरोपमा सहयोग जुटाईरहेकी छन् । उनले युरोपका बिभिन्न देशमा रहेका गैर आवासीय नेपाली संघ महिला बिभागका पदाधिकारीहरुसंग समेत सहयोगका लागि छलफल गरिसकेकी छन् ।

खाडी मुलुकमा मात्र नभएर युरोपका कतिपय देशमा समेत नेपाली महिलाहरु अलपत्र परेका छन्, थापाले भनिन्, उनीहरुको उद्दारका लागि हामी चिन्तित छौ । त्यसका लागि बिभिन्न देशका महिला बिभागका पदाधिकारीहरुसंग छलफल गर्नुका साथै सहयोगका लागि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिसंग समेत आग्रह गरेकी छु ।

उनले आफ्नो जन्मभूमिका लागि सहयोगका लागि युरोप तथा अमेरिकामा रहेका नेपालीहरुसंग आग्रह गरेको बताईन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved