बैतडीको क्वारेन्टाइनमा रहेका युवकको मृत्यु

  • जेठ २५, २०७७
  • कालापानी मिडिया
alt

बैतडी । पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ। भारतबाट फर्किएको दिन उनको मृत्यु भएको हो।

पाटन नगरपालिका-६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले जानकारी दिए। शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ती पुरुषको शनिबार राति क्वारेन्टाइनमै मृत्यु भएको हो।

साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको हेल्थ असिष्टेन्ट भट्टले जानकारी दिए। मृतकको स्वाबको नमुना संकलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। उनीसँगै बेंगलोरबाट १३ जना पनि शनिवार बिहानै पाटन पुगेका थिए।

उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन्। यसअघि पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको जेठ २० मा मृत्यु भएको थियो। पुर्चौडी नगरपालिका-४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ बर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved