समयमै मनसुन शुरु भएसंगै सुदूरका पहाडी भेगमा रोपाई सुरु, डोटिका ग्रामीण क्षेत्रका किसान दिनभर धानरोप्नमै व्यस्त

 परम्परागत शैलीमा गोरुले नै जोतेरै धान रोपीदै

  • जेठ २६, २०७७
  • कालापानी मिडिया
alt

एकेन्द्र चन्द,डोटी । सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी दार्चुला बझाङ, डोटी लगायतका क्षेत्रमा यतिबेला धान रोप्ने चटारो छ । समयमै मनसुन शुरु भई पानी पर्न थालेपछि सिँचाइ सुविधा नभएका स्थानमा समेत रोपाई सुरु भएको हो ।

डोटीका जिल्लाका किसान एक सातादेखी नै धान रोप्ने बिउ राख्ने कममा व्यस्त छन् । कोरोना भाइरसको त्रासका कारण जिल्ला बाहिर गएकाहरु गाउँ फर्किएकाले पनि गाउँमा धान रोपाइ सहित अन्य खेती गर्नमा निकै सहज भएको किसानले बताएका छ्न् । शहर गएकाहरु सबै गाउँमा फर्किए संगै गाउँमा बाँझो रहेका जमिनमा खेती हुन थालेको र गाउँनै रमणीय बनेको भन्दै किसानहरु हर्षित छन् ।

Capture 1

विगतको समयमा बाँझो रहेका यहाँका खेतीयोग्य जमिनमा तरकारी तथा रोपाइँ हुन थालेपछि गाउँघरमा हरियाली हुनुका साथै बाँझो जमिन क्रमिकरुपमा साग, तरकारीलगायतका खेतीले हराभरा हुन थालेका छन्।

यता, आधुनिक कृषियन्त्रको प्रयोग बढ्दो क्रममा रहेकाबेला डोटीका ग्रामीण क्षेत्रका अधिकांश भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै जोतेर रोपाइँ गर्ने गरिन्छ । जिल्लामा कूल १० हजार ६ सय ६५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।

Doti

कृषि एकाइ केन्द्र डोटीको तथ्याङ्कअनुसार गत वर्ष डोटीमा २२ हजार ४ सय ४४ मेट्रिक टन धान फलेको थियो । यस वर्ष भने त्यो भन्दा राम्रो उत्पादन हुने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved