धनुषामा हिरासतभित्र एक अभियुक्त झुन्डिएको अवस्थामा मृत

  • जेठ २८, २०७७
  • कालापानी मिडिया
alt

धनुषा । धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयका हिरासतभित्र एक अभियुक्त झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

हिरासतको शौचालयभित्र झुन्डिएको अवस्थामा सबैला नगरपालिका-१२, बरकुर्बाका २३ वर्षीय शम्भु सदा मृत भेटिएका हुन्।

उनी झुन्डेर आत्महत्या गरेको अवमा मंगलबार बिहान २ बजे फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक रमेश्वर कार्कीले जानकारी दिए। मृतक ट्याक्टर चालक थिए। सवारी दुर्घटना मुद्दामा यही जेठ १२ गते उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो।

सदाले किन आत्महत्या गरे भन्ने विषयमा अहिलेसम्म केही कारण खुल्न सकेको छैन। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ।

यसैबीच हिरासतभित्रै सदा मृत भेटिएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्। उनीहरुले इलाका प्रहरी कार्यालयमा ढुडामुढाको साथै प्रहरी भ्यान तोडफोड गरेका छन्।

अहिले स्थानीय बरकुर्बा सडक अवरुद्ध गरी घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved