आजबाट पसल खोल्न पाउने र जोरबिजोर गाडी चल्न पाउने

  • जेठ २९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७८ दिन दिनदेखि जारी लकडाउनलाई सरकारले केही खुकुलो बनाउने निर्णय गरेको  छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई खुकुलो बनाउदै आजबाट नीजि सवारी साधनलाइ जोर बिजोर गरेर चल्न दिने निर्णय भएको छ ।

नीजि सवारी साधानलाई जोर विजोर बनाएर सञ्चान गर्ने र सवारी साधानमा दुई जनाभन्दा बढी चढेर हिड्न दिने निर्णय पनि गरेको मन्त्रिपरिषद बैठक स्रोतले जनाएको छ । बाहिर जिल्लाबाट काठमाडौ आउनलाई भने अझै कडाई गर्ने निर्णय समेत गरेको छ ।

सरकारले जोर बिजोर प्रणालीबाट निजी सवारी साधन चल्न दिने निर्णय गरेको पनि एक मन्त्रीले जानकारी दिए । उनका अनुसार पसल र निजी सवारी साधनहरु भोलीबाट नै खुल्नेछन् । लामो दुरीका सवारी साधानहरु चल्नेछैनन भने भीडभाड हुने कुनै पनि क्षेत्रलाई तत्काल नखोल्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले एक जिल्लाबाट अर्को जिल्लामा जान पनि कडाइ गर्ने निर्णय गरेको छ ।

करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसईई परीक्षा यस पटकलाई खारेज गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए । मन्त्री पोखरेलले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved