डीबी खड्का, गुल्मी । कोरोना सक्रमित गुल्मीका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर चारका ३६ वर्षीय पुरुषको गए राती निधन भएको रेसुङा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
जेठ १२ गते कोरोना पुष्टि भए सङै उनि सदरमुकाम तम्घासमा उपचार गराई रहेका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गए पछि जेठ १३ गते बाट आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।
गए राती ९:२० मिनेट जादा उनको निधन भएको र गएराती नै शबको व्यवस्थापन गरिएको बताईएको छ । यो सङै गुल्मीमा कोरोना भाइरसका कारण दुई जनाले ज्यान गुमाएका छन । भने दुई जना उपचार पछि निको भैइ घर फर्केका छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved