पर्वत पहिरो ९ जनाको शव भटियो

  • असार १, २०७७
  • कालापानी मिडिया
alt

पर्वत । पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राति पहिरोले घर पुरिँदा बेपत्ता भएका १० जनामध्ये ९ जनाको शव भेटिएको छ।

पहिरोमा पुरिएका स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीया मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी-९ घर भइ माइती आएकी ३० वर्षीया डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा-३ का २६ वर्षीया कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।

पहिरोमा पुरिएका १३ वर्षीय जेनिश विक भने अहिलेसम्म भेटिएका छैनन्‌। फेला परेका सबै शवलाई पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल ल्याइएको छ। पानी परिरहेकाले खोजीकार्य प्रभावित भएको प्रहरीले जानकारी दिएको छ। आइतबार साँझ ६ बजेबाट २ घण्टासम्म भएको भीषण वर्षापछि घरहरू रहेको ठाउँभन्दा झन्डै ३ सय मिटर माथिको वन क्षेत्रबाट पहिरो खसकेो थियो। पहिरोमा परी मृत्यु भएकाहरूमध्ये कमला, प्रमिशा र बेपत्ता रहेका जेनिश बिक एउटै परिवारका हुन भने मृत अवस्थामा फेला परेका अन्य ६ जना एउटै परिवारका हुन्।

पहिरोले कुल ३ घरमा प्रत्यक्ष असर गरेकोमा कमला र तुलबहादुरको घरको निसान समेत नरहने गरी पुरेको छ। गाउँमा नै पसल सञ्चालन गर्दै आएका भुवन गिरीको घरमा केही क्षति भएको छ। घर रहेको स्थान नै नचिनिने गरी पहिरोले लगेका कारण बेपत्ता भएकाको खोजीका लागि पहिरो स्थानको धेरै भागमा कोदाली र गैँतीले खन्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved