वेदकोट नगरपालिकाको किशोरी जागरण समुहको अध्यक्षमा मन्जु धामी

  • असार ९, २०७७
  • कालापानी मिडिया
alt

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा किशोरी जागरण समुह गठन गरिएको छ । आईतबार गठन गरिएको समुहको अध्यक्षमा स्थानीय युवा मञ्जु धामी अध्यक्षमा धामी चयन भएकी छिन् ।

११ सदस्यीय पालिका स्तरिय समुहमा उनि अध्यक्ष चयन भएकी हुन् । किशोरी शसक्तीकरण र जाँगरणका लागि नगरपालिका भरिमा काम गर्ने छ । अध्यक्ष मञ्जु धामीले किशोरी शक्तीकरणका लागि जिल्लाका अन्य स्थानीय तहमा पनि समुह गठन गरिने बताईन् ।

उनका अनुसार सामाजिक विकासमा युवा सहभागीता र महिला नेतृत्व विकासका लागि समुहले काम गर्ने छ ।

‘हामीले हरेक विकास निर्माण तथा सामाजिक कार्यमा महिला तथा किशोरी सहभागीतालाई प्राथमिकतामा राख्ने छौँ ।’ अध्यक्ष धामीले भनिन् ‘हामीले समाजमा महिलालाई हेर्ने दृष्टीकोणलाई पनि परिवर्तन गर्न अभियान सुरु गछौँ, बालबिवाहका विरुद्ध पनि समुहले काम गर्छ ।

नमुना किशोरी समुह वेदकोटमा सक्रिय रहेकी युवा धामीले नयाँ सोच र जाँगरका साथ किशोरी तथा महिलालाई नेतृत्व पङ्त्तीमा अगाडी बढाईने उनको भनाई छ । साथै अगामी दिनमा सामुहिक सहभागीता र सहकार्यमा काम गरिने उनले बताईन् ।

साथै आफ्नो जीवन आफै बनाउ भन्ने नाराका साथ लागु पदार्थ दुव्र्यसनिमा लागेका युवालाई त्यसबाट मुक्त गराउन कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved