झापामा नेकपा कार्यकर्ताको दादागिरी, हल्दिबारी गाउँपालिका अध्यक्ष लिङ्देनमाथि हातपात

  • असार ११, २०७७
  • कालापानी मिडिया
alt

झापा। झापाको हल्दिबारी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र वडासदस्य माथि भएको आक्रमणमा दुई जना गम्भिर घाइते भएका छन् ।104456622_2635336969899864_3408353318836504147_o

गाउँपालिकाको सातौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम वडाध्यक्षसहित परिषद सदस्यहरुले अध्ययन गरेपछि मात्रै पारित गर्नुपर्ने आवाज उठाएपछि गाउँपालिका अध्यक्ष तथा गाउँसभाका सभापति रविन्द्र लिङदेनले सोही अनुसार २०७७ असार २९ गते गाउँसभा सम्पन्न गर्ने भन्दा भन्दै आफूमाथि आक्रमण भएको बताएका हुन् ।

उनले भने, अल्पमतमा रहेका सदस्यहरुले समानुपातिक रुपमा बजेटको बाँडफाँड हुनुपर्ने, बजेट वितरणको अवस्था र नीति तथा कार्यक्रम अध्ययन गर्न पाउनु पर्ने माग राखेपछि स्वभाविक मागलाई मैले अल्पमत, बहुमत भन्दा पनि नीतिगत कुरालाई ध्यान दिंदै बीच बीचमा छलफल गरेर २९ गते समापन गर्ने भन्दै थिएँ, त्यही बेला नेकपाका कार्यकर्ताले आक्रमण गर्दै मलाई लछार-पछार पारे ।’

आफूमाथि आक्रमण हुन थालेपछि बचाउने क्रममा वडा सदस्य सहित अरु पनि घाइते भएको अध्यक्ष लिङदेनको भनाइ छ । अध्यक्ष लिङदेनले भने,"बहुमतको दम्भले सिर्जिएको समस्याको नेकपाले जिम्मेवारी लिनुपर्छ ।"

कार्यक्रममा एक कम्युनिष्ट नेताका नाममा बाटोको नामाकरण गर्न नेकपाको जवरजस्ती र व्यक्ति विशेषका नाममा नभइ सबैलाई अपनत्व हुने नामाकरण गरिनुपर्ने अन्यले धारणा राखेपछि त्यसमा पनि मतभेद सिर्जना भएको थियो । नीति तथा कार्यक्रम अध्ययन गर्न पाउनु पर्ने परिषद सदस्यहरुको अधिकारमाथि जबरजस्ती बहुमतले पेल्न खोजेको अर्का एक परिषद सदस्यले बताएका छन् ।106135554_2635348116565416_6949682303727174214_o

आक्रमणमा न्यायिक समितिका संयोजक समेत रहेका उपाध्यक्ष डम्बर गिरी, वडाध्यक्ष त्रिलोचन सापकोटा, महेश मेचे लगायत नेकपा समर्थकहरुले गाउँपालिका अध्यक्ष सहितलाई आक्रमण गरी घाइते बनाएको वडा नं.४ का वडाध्यक्ष होम चुडालले जानकारी दिए ।

अन्दाधुन्ध भएको आक्रमणका क्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, वडा नंं-४ का वडाध्यक्ष होम चुडाल, ५ नम्बर वडाका वडाध्यक्ष शेरबहादुर नेम्वाङ सहित वडा सदस्य मदन तामाङको छातीमा असर परेको बताइएको छ ।

ass

अन्य घाइते भिम तुम्बापो र भिमराज फियाकको विर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा उपचार भइरहेको बताइएको छ । झडपका क्रममा गाउँपालिका रहेको भवनको झ्यालका शिशा समेत फुटेको बताइएको छ । घटनापछि अध्यक्ष लिङ्देनसहित केही वडाध्यक्षहरु सभा छोडेर बाहिरिएका थिए ।

झडप भएर गाउँपालिका अध्यक्ष बाहिरिएपछि उपाध्यक्ष डम्बर गिरीको सभापतित्वमा सभा सम्पन्न भएको जनाइएको छ ।

ass ghaite

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved