मनोज माझी, सप्तरी । सप्तरी सप्तरीमा चट्याङ लागेर ४ जनाको ज्यान गएको छ । बिहिबार बिहान सप्तरीको महादेवा गाउँपालिका २ का ६० वर्षिय छेदी ठाकुर, सोही बडाका २७ वर्षिय बचन यादव, राजगड गाउँपालिका ३ का केसीलाल शाह र डाकनेश्वरी नगरपालिका ९ की ३० वर्षिय ललितादेवी यादवको ज्यान गएको हो ।
ति मध्ये ३ जनाको घट्नास्थलमै मृत्यु भएको हो भने १ जनाको गजेन्द्र नारायण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर घाइते भएका अन्य दुईजनाको गजेन्द्र नारायण अस्पतालमा उपचार भएरहेको छ ।
यसै गरी मकवानपुरको बकैया गाउँपालिका वडा नं २ स्थित कालापानीमा गएराती परेको च्ट्याङ् लागेर १७ वर्षीया सम्झना घिसिङ र २५ वर्षीया बिना घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved