को हुन् त पूर्वयुवराज पारसकी छोरी पूर्णिकाका प्रेमी

आफू भन्दा झण्डै १० वर्षले जेठो युवकसँग प्रेममा

  • असार २४, २०७७
  • कालापानी मिडिया
alt

प्रर्व युवराज पारसकी छोरी आफूभन्दा झण्डै १० वर्षले जेठो युवकसँग प्रेममा छिन्
काठमाडौं । छोरी हुर्किइन्। एउटा वर खोज्न योग्य भइन्। कुरा गोप्य राखे पनि छोरीले वर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ।

प्रसंग हो, पूर्वयुवराज पारस शाहको। उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्ने खालका छन्। तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती लाग्छ।

पारसकी जेठी छोरी पूर्णिका हुन्, अहिले भर्खर भर्खर आफूभन्दा झण्डै १० वर्षले जेठो युवकसँग प्रेममा परेकी छिन उनि। पूर्णिका सामाजिक सञ्जालका प्रस्तुतिहरुको कारण युवामाझ आफूमात्र लोकप्रिय भइनन्, लकडाउनको बेला टिकटक ट्रेन्डमा आमा र बहिनीसहित सहभागी हुँदा निकै फ्यान बटुलेकी छिन्।

उनीहरुले धरानका पत्रकार गोपाल देवानको शव्दमा गायक सविन राईको गीत ‘गुराँसको फेदमुनी सम्झनाको छायाँ’ मा दिएको प्रस्तुति पूर्णिमाकै अकाउण्टबाट पोष्ट भएको थियो। जुन भाइरल भएको मात्रै छैन, सबैले रुचाएका पनि छन् ।

फलतः फेसबुकमा ५६ हजार फ्यान हासिल गरेकी छन्। उनै पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यको गहिरो मायामा डुबेकी हुन्।

पूर्णिकाका प्रेमी हुन्, श्रीपेच धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान।

पूर्णिकाका प्रेमीचाहिँ सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिज धर्म हुन्, धर्म, सुशील र राजिब १३ दिने दाजुभाइ हुन्।

थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन्। सबै कुरा आमा हिमानीसँग शेयर गर्ने बानी परेकी पूर्णिकाले धर्मसँगको सम्बन्धबारे थाइल्याण्डमा हुँदै आमालाई सुनाएकी थिइन्।

यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved