फूलबारीको सहर बनाउन इटहरीमा ५ हजार बिरुवा रोपियो

  • असार २४, २०७७
  • कालापानी मिडिया
alt

इटहरी । हरित नगरीको रूपमा चर्चा गरिएको इटहरीको पहिचानलाई थप प्रभावकारी बनाउन इटहरी उपमहानगरले सडक छेउमा बिभिन्न जातका फुलका बिरुवा रोपेको छ । फराकिलो महेन्द्र राजमार्गको बिचमा निर्माण गरिएका डिभाइडरमा उपमहानगरपालिकाले फूल लगाएपछि सडकको मुहार नै फेरिदिएको छ ।

विभिन्न प्रजातिका फुलैफुलले इटहरी बजारलाई थप सुन्दरता दिएको छ । सडक छेउमा रोपिएका फुल देख्नासाथ मानिसहरू सेल्फी फोटो खिच्न थालेका छन् ।

इटहरी उपमहानगरपालिकाले नगरको मुख्य बजार र आसपासका क्षेत्रमा सडक फराकिलो बनाउने, नाली र सुन्दर पेटी बनाउने अनि आसपासका क्षेत्रमा सडकको दायाँ बायाँ फुल र विभिन्न प्रजातिको बिरुवा रोप्ने अभियान सुरुवात गरेपछि हरित नगरीको पहिचान बनाएको इटहरीको पहिचान स्थापित गर्न मद्दत पुगेको विश्वास लिइन्छ । यती बेला इटहरीको सडक छेउमा सडकमा पनि विभिन्न प्रजातिका फुलहरूले ढकमक्क भएको छ ।

इटहरी चोक आइपुग्दा सुन्दर फुलहरू देखेपछि जो कोही आकर्षित हुने स्थानीय बाबुराम प्रधान बताउनु हुन्छ । उपमेयर लक्ष्मी गौतमले मुख्य सडकमा हरिया अशोकका रुखले हरियाली भएको सहरलाई अब फुलले ढकमक्क बनाएर थप सुन्दर बनाउने वताए । 

बिरुवाहरू हुर्काउन, बढाउन र सुन्दर बनाउनका लागि दिनहुँ पानी हाल्ने, गोडमेल गर्ने लगायतका कामहरू गरिँदै आएको इटहरी उपमहानगरपालिकाको वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले वताए । वर्षको अवधिमा ४ हजार २ सय ५६ जातका बिरुवा रोपिएको उपमहानगरपालिकाले बताएको छ । यो वर्ष मात्र विभिन्न प्रजातिका फलफूल र फुलहरू गरी जम्मा ५००० बिरुवा रोपिएको छ ।

यसबाट हौसिएको इटहरी उपमहानगरले सबै वडामा फूल तथा बिरुवा रोप्ने तयारी गरेको छ । सडक पेटी मात्र नभएर अहिले गमला सहितको फूल रोप्ने अभियान नै सञ्चालन गरिएको छ । इटहरीको मुख्य रोडमा ठुलो गमलामा फूल रोपिएको उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले वताए। इटहरीको मूल सडक राजमार्ग भएकाले सङ्घीय सरकारले कुनै पनि समयमा भत्काउन सक्ने भएकाले सडक फराकिलो पार्दा फूल सुरक्षित रूपमा अन्यत्र लैजान सकिने उपमेयर लक्ष्मी गौतमले वताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved