केरुङ काठमाडौं रेलमार्ग ः विस्तृत सम्भाव्यता अध्ययन दुई वर्षभित्रै सक्ने गरी कामको बाँडफाँड

  • मंसिर ११, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल र चीनले बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन डिपिएस दुई वर्षभित्र सक्ने गरी जिम्मेवारी बाँडफाँड गरेका छन् ।

चीनले अध्ययनको सबै प्राविधिक काम गर्ने तथा सोको लागत व्यहोर्ने र नेपालले स्थानीयसँग सम्बन्धित मुआब्जा, बस्ती व्यवस्थापनलगायत विषयलाई सम्बोधन गर्ने सहमति भएको खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन्।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुई देशका उच्च अधिकारीबीच भएको बैठकको सहमतिअनुसार नेपालले आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण आइइई वातावरणीय प्रभाव मूल्यांकन इआइए गर्नुपर्नेछ । त्यस्तै, अध्ययन क्षेत्रमा सुरक्षा उपलब्ध, आवास व्यवस्थापन, फिल्ड संरचना निर्माणलगायत दायित्व पनि नेपालकै हुनेछ ।

चीनले प्राविधिक पाटो तीन चरणमा सम्पन्न गर्नेछ । जसअन्तर्गत पहिलो चरणमा हवाई सर्वेक्षण नक्सांकन एरियल सर्भे म्यापिङ, दोस्रो चरणमा भौगर्भिक अध्ययन र तेस्रो चरणमा अलाएन्मेण्टको काम हुने रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।

अध्ययन खर्च सबै चीनकै अनुदान हुने सहमतिमा उल्लेख छ । प्रतिवेदन तयार गर्न तीन अर्ब लाग्ने अनुमान छ । अध्ययनमा चिनियाँ प्राविधिकहरू नै सहभागी हुनेछन् ।

‘चिनियाँ पक्षले अध्ययनको सबै प्राविधिक पक्षलाई हेर्नेछ, नेपाली पक्षले स्थानीयसँग सम्बन्धित विषयलाई सम्बोधन गर्नेछ,’ मंगलबार भएको सहमतिबारे रेल विभागका महानिर्देशक बलराम मिश्रले भने ।

चिनियाँ पक्षले तत्कालै अध्ययन थाल्ने तदारुकता पनि देखाएको छ । चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपलाई परामर्शदाता कम्पनीका रूपमा तोकेको छ । यही कम्पनीले यसअघि पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बुटवल पश्चिमको विस्तृत आयोजना प्रतिवेदन पनि तयार गरेको थियो।

‘सकेसम्म छिटो काम सम्पन्न गर्न दुवै पक्ष सहमत भएका छौँ, दुई वर्षभन्दा कम समयमै पनि अध्ययन पूरा हुन सक्छ,’ भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्कीले भने, ‘चिनियाँ पक्षले प्राविधिक रूपमा अध्ययनमा लाग्ने समय अधिकतम कम गर्ने गरी काम गर्नेछ ।’

विस्तृत सम्भाव्यता अध्ययन भएकाले आयोजना निर्माणअघिका अधिकांश काम यही अध्ययनले समेट्नेछ । माटो, चट्टानलगायतको जाँच हुनेछ । चिनियाँहरूले विस्तृत आयोजना प्रतिवेदनलाई नै सम्भाव्यता अध्ययनका रूपमा लिन्छन् । यसकारण सम्भाव्यता अध्ययन भनिए पनि त्यो डिपिआर नै हुने रेल विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved