बाबुराम बने हजुरबा, मानुषी र जेकेन्द्रलाई पुत्रलाभ

  • असार २८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुवा बनेका छन् । उनकी एकमात्र छोरी मानुषी यमी भट्टराईले आज विहान बच्चालाई जन्म दिएकी छिन् ।

107893519_1979638298840337_2164781637233556311_o

उनका एक मात्र सन्तान मानुषी यमी भट्टराई आमा बनेसँगै बाबुराम हजुरबुबा बनेका हुन् । आज असार २८ गते विहान १०-०५ बजे छोरी मानुषीलाई पुत्र लाभ भएको हो ।

107696042_1979638665506967_7311965499117343717_o

आफु हजुरबुबा बनेको बारे डा भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले अहिले आमा र शिशु दुवैको स्वास्थ्य राम्रो रहेको बताएका छन् । छोरी मानुषीको तनहुँका जेकेन्द्र श्रेष्ठसँग २०७२ सालमा विवाह विवाह भएको थियो ।

108109789_1979638498840317_8300950662637337915_o

डा. भट्टराईले खुशी हुँदै सामाजिक सञ्जालमा भनेका छन् । बल्ल हजूरबा भैयो ! छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज असार २८ गते विहान १०/०५ बजे पुत्रलाभ भएको छ।

107877064_1979638475506986_6408199679950984577_o

आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ ! टिचिंग अपरेसनमा सफल अपरेसनकालागि डा.गीता गुरूंग र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ।

तस्बिर - डा. बाबुराम भट्टराई

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved