प्राकृतिक प्रकोपले निम्त्याएको पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन्ः पूर्वराजा शाह

  • असार ३०, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विभिन्न भागमा बाढी पहिरोले पुर्याएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।

पूर्वराजाले आज सोमबार विज्ञप्ति प्रकाशित गरी बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको र आफ्नो घर, गोठ र जायजेथा गुमाउनु परेको र धेरै घरबारविहीन भएकोमा आफू अत्यन्त दुखित भएको जनाएका हुन् ।

पूर्वराजाले बाढी, डुबान र भूक्षयको जोखिम हुन नदिन रोकथाम र सजगताको निम्ति समयमै ध्यान दिन सके यस्तो क्षति न्यूनीकरणमा योगदान पुग्ने उल्लेख गरेका छन् ।

पूर्वराजाले यो पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन भनी ईश्वरसँग प्रार्थना गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

पूर्वराजाका तर्फबाट सचिवालयले जारी गरेको विज्ञप्ति

यो बर्षको बर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखित भएको छु ।

शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ ।

हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो, त्यसैले यसको रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ।

प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने मेरो ईश्वरमा प्रार्थना छ । प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पिडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाईते भएका सबैको शिध्र स्वास्थ्यलाभको कामना गर्दछु । जय नेपाल २०७७ साल असार २९ गते

107569352_646628349281821_6187834751731343294_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved