अयोध्याबारे बोलेकोमा प्रधानमन्त्रीलाई ठोरी र माडीका जनप्रतिनिधिले दिए धन्यवाद

  • श्रावण १, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भइरहेको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति ‘राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन’ भनरे स्पष्टीकरण दिएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको धार्मिक र सांस्कृतिक क्षेत्रमा नयाँ तरंग ल्याइदिएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना भइरहँदा कतिपयले चाहिँ यसमा खोज अनुसन्धान हुनुपर्ने बताउन थालेका छन् । उनीहरुले रामको जन्मभूमि अयोध्यासँग जोडिएका ऐतिहासिक तथ्य संकलनमा तदारुकता देखाउनुपर्ने बताउन थालेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार भगवान् राम भारतीय नभएको र असली अयोध्या वीरगञ्जदेखि पश्चिमको गाउँ ठोरीमा पर्ने दाबी गरेका थिए । अयोध्या नेपालमै पर्छ भनेर प्रधानमन्त्रीले दाबी गरेपछि सो क्षेत्रसँग जोडिएका जनप्रतिनिधिहरु उत्साही भएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यकै आधारमा आएको भन्दै ठोरी र माडीका जनप्रतिनिधिहरूले भगवान रामको जन्म यहीँ भएको भन्ने तर्क गरे।

भगवान् राम र सीतासँग जोडिएका धार्मिक तथा ऐतिहासिक महत्वका ठाउँहरू ठोरी र माडीमा रहेको तर्क उनीहरूले अघि सारेका छन् । उनीहरू भन्छन्– ‘राम–सीतासँग जोडिएका यस क्षेत्रमा महत्वपूर्ण स्थलहरू छन् । त्यसैले यस ठाउँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक अध्ययन हुनुपर्छ ।’

जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपाने भन्छन्– ‘अयोध्या नेपालमै भएको धेरै प्रमाणहरू छन् । यसको खोज अनुसन्धान हुन नसकेको मात्रै हो । प्रधानमन्त्रीले अध्ययन गरेरै बोल्नुभएको हुनुपर्छ, हाम्रा संरचनाको अध्ययन नहुँदा हामीले अहिलेसम्म अयोध्या नेपालमै हो भन्ने दाबी गर्न सकेनौं ।’

‘राम नेपाली नै हुन् भन्ने धेरै आधारहरू यहाँ छन् । रामको तपोभूमि भएको आधारमा ठोरीमा रामनगर भन्ने ठाउँ पनि छ । रामकै बासस्थान भएकाले रामनगर भनिएको भन्ने किंवदन्ती छ,’ उनले भने, ‘रामनगरको ठुटेखोला पारि सोमेश्वर पहाडको काखमा सीता गुफासमेत छ ।’

‘नेपाल–भारत छुट्याउने सीमाको रूपमा सोमेश्वर पहाडको शिखरलाई लिइन्छ । पहाडको उत्तरतर्फ नेपालपट्टिको भागमा सीता गुफा अवस्थित छ’, उनले भने, ‘पहाडको शिखर दक्षिणतर्फ भारतको वाल्मीकि टाइगर्स रिजर्भको जंगल छ । नेपालको अयोध्यासँग जोडिएको जंगल भएकाले त्यो ठाउँको नाम वाल्मीकि टाइगर्स रिजर्भ राखिएको हुन सक्छ । त्यसैले यसको विशेष खोज अनुसन्धान हुनु आवश्यक छ ।’

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ढिलै भए पनि प्रधानमन्त्री ओलीले अयोध्या ठोरीमा अवस्थित छ भनेर बताउनु स्वागतयोग्य भएको बताए । उनले भने, ‘जनप्रतिनिधिका रूपमा निर्वाचित भएदेखि नै सीतागुफाको संरक्षण र सम्बर्धनमा हामी निरन्तर लागि रहेका छौं । प्रधानमन्त्रीको अभिव्यक्ति आउनुभन्दा अघि नै हामीले सीतागुफा क्षेत्रमा राम–सीताको मन्दिर बनाउन ७ लाख रूपैयाँ बजेट विनियोजन गरिसकेका थियौं ।’

गाउँपालिका अध्यक्ष श्रेष्ठले रामनवमीको दिन सो ठाउँमा पूजापाठ गर्न डेढ लाख छुट्याएको बताए । उनले भने, ‘संयोग नै भन्नुपर्छ, प्रधानमन्त्रीज्यूले अयोध्या ठोरीमै पर्छ भन्नुभयो ।’

‘ठोरीमा सीता गुफा छ । जहाँ वर्षौंदेखि पूजापाठ हुँदै आइरहेको छ । भगवान्हरूले सभा गर्ने डाँडा भएकै कारण त्यसको नजिकै रहेको डाँडालाई भगवाननगर डाँडा राखिएको हुन सक्छ’ श्रेष्ठले भने, ‘बाँदरहरू नुहाउने खोलाको रूपमा ढेँडेखोला, बाँदरहरू झुल्ने स्थानको रूपमा बाँदरझुला पनि हुनुलाई संयोगमात्र मान्न सकिँदैन । त्यसैले पनि यसको खोज तथा अनुसन्धान हुनु आवश्यक छ ।’

‘विसं। २०३४ सालअघि ठोरी चितवन जिल्लामै अवस्थित थियो । जुनबेला ठोरी र माडीलाई पर्यायवाचीकै रूपमा लिने गरिन्थ्यो । सरकारी कामकाज पनि माडीबाटै हुने गथ्र्यो,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले ठोरीमा रहेको सीता गुफालगायत राम–सीतासँग जोडिएका थुपै्र धार्मिक स्थलहरू ठोरी–माडीकै आसपासको क्षेत्रमा छन् । सोमेश्वर पहाडको किनारामा सीता गुफा अवस्थित छ । सोही पहाडको पश्चिमतर्फ माडीमा अयोध्या अर्थात् अयोध्यापुरी समेत छ । वाल्मीकि आश्रम पनि माडीमा अवस्थित छ । यी सबै धार्मिक क्षेत्र सोमेश्वर पहाडकै आसपासका क्षेत्रमा छन् । त्यसैले यसैलाई प्रमाणमा रूपमा लिन सकिन्छ । जुन कुरालाई भोलिका दिनमा खोज अनुसन्धानले पुष्टि गर्छ । त्यसैले यसको इतिहासविद् र अनुसन्धानकर्ताले काम अघिबढाउनु पर्छ ।’
अनलाइन खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved