राहतको नाममा कुहिएको चामल बाट्न थालेपछि स्थानीय आन्दोलित

  • साउन २, २०७७
  • कालापानी मिडिया
alt

दैलेख । दैलेखमा स्थानीय सरकारहरुले कोरोना महामारीको समयमा दिँदै आएको राहतमा कुहिएको चामल वितरण गरेको पाइएको छ।  दैलेखको नारायण नगरपालिका-४ को कार्यालयले वितरण गरेको राहतको चामल कुहिएको भेटिएको हो।

लकडाउन सुरु भएको केही समयपछि वडाले राहत वितरण गर्नुपर्ने भए पनि अहिले आएर कुहिएको चामल वितरण गरेकाले चामल छरेर दुई दिनदेखि आन्दोलन गर्नुपरेको स्थानीयको भनाइ छ । "स्थानीय भन्छन् राहतका नाममा दुई महिनाअघि चामल ल्याइयो, बितरण भएन, तर यतिवेला कुहिन थालेप वितरण गर्न गालेका छन् । त्यसैले स्थानीय आन्दोलन भएका हौ ।,"

सरकारले विपदमा परेका जनतालाई सहयोग गर्नुपर्ने दायित्व भए पनि कुहिएको खाद्य वस्तु वितरण गर्न नपाइने स्थानीयको भनाइ छ । यता वडाध्यक्ष वीरबहादुर कटुवालले चामल बाँढ्दाको समयमा आफू वडामा नभएकाले कुहिएको चामल नदेखेको बताएका छन्।

उनले नगरपालिकाको टेन्डर प्रक्रियामार्फत चामल खरिद गरी गोदाममा राखेर वडामा पठाएपछि आफूहरुले सोही चामल वितरण गरेका बताए। वडा सचिव चक्रबहादुर कटुवालले कुहिएको चामल वितरण गरिएको भन्दै जनता आन्दोलित भएपछि जिल्ला प्रशासनबाट बुधबार आएको टोलीले स्याम्पल लगेर गएको बताए।

मंगलबार स्थानीयले वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै ढुंगा प्रहार समेत गरेको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved