पूर्वराजा ज्ञानेन्द्र शाह एक हप्ताका लागि प्रदेश पाँचका बिभिन्न शक्तिपीठको दर्शनमा ।

  • मंसिर १५, २०७६
  • कालापानी मिडिया
alt

पूर्वराजा ज्ञानेन्द्र शाह आज भैरहवा भ्रमणमा जाँदैछन् ।

दिउँसो पौने चार बजे काठमाडौंबाट भैरहवा जाने कार्यक्रम रहेको उहाँका निजी सचिव फणि पाठकले जानकारी दिए । शाहले भैरहवालाई मुकाम बनाउँदै आसपासका बिभिन्न जिल्लाका शक्तिपीठको दर्शन गर्ने कार्यक्रम रहेको छ । पाठकका अनुसार शाह आज भैरहवाको टायगर रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ भने भोली १६ गते बुटवलको शिव मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । यस्तै १७ गते भैरहवाको मर्चवार भगवति मन्दिरको दर्शन गर्ने कार्यक्रम छ भने, १९ गते पाल्पामा भगवति मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । २० गते कपिलवस्तुको पशुपति मन्दिरमा दर्शन गरेपछि २१ गते नवलपरासीको भगवति मन्दिरमा दर्शनको कार्यक्रम छ । एक हप्ताको भ्रमणपछि शाह २२ गते काठमाडौं फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved