बुटवल तानसेन सडकखण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध

  • श्रावण ५, २०७७
  • कालापानी मिडिया
alt

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ ।

तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि आइतबार साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चल्न थालेका थिए । तर, राति सवा आठ बजेपछि सोही ठाउँमा पहिरो खस्दा पुनः पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । सोमबार बिहानबाट पहिरो पन्छाउने काम शुरु हुने डीएसपी गिरीले बताए ।

शुक्रबार रातिदेखि रोकिएका सबै साधन पहिरो खसेको ठाउँ पार गरेर गन्तव्यतर्फ जान नपाउँदै पुनः सडक अवरुद्ध भएपछि सवारी साधनहरु फेरि सडकमै अलपत्र परेका छन् । शुक्रबार खसेको पहिरोले राजमार्गको बेसलाइन नै बगाएको छ । पहिरोले लु १ क ११७५ नम्बरको ट्रकसमेत पुरेको थियो । पहिरोले पुरेको ट्रकलाई शनिबार निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved