हनुमन्ते खोलाले भक्तपुर क्षेत्र डुवान, बागमतीले पनि सतह पार गर्यो,शंखमुलमा खोला हेर्नेको घुइचो

  • साउन ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा परेको छ ।

बाढीका कारण बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको भक्तपुर नगरपालिकाले जनाएको हो । हनुमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको छ ।ssssss

बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेका छन् । राममन्दिर बाराहीस्थानदेखि डाक्टर इवामुरा मेमोरियल अस्पताल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबाली डुबानमा परेको छ । हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको प्रहरीले जनाएको छ ।

assaa

यता, मनहरा खोला र बागमति नदिको संगम स्थल शंखमुल क्षेत्रमा पनि बागमतिले सतह पार गरेको छ । बागमति नदिको बाढीले शंखमुल पार्क, योगा पार्क, युएन पार्क क्षेत्र डुवानमा परेको छ ।Capture jj

शंखमुल क्षेत्रमा बागमतीको पानीले बागमती करिडोर छोएकाले सडक किनारमा खोला हेर्नेको भिड समेत लागेको थियो । लगातार वर्षा आइरहने हो भने बागमती छेउछाउको वस्ती डुवानमा पर्ने प्रहरीले जनाएको छ ।

110046319_221671059128686_227004244285071833_n sf jj kk shankhamul

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved