बलत्कारको आरोप लागेका सिद्धबाबाु अस्पतालबाट पक्राउ, आज नै अदालत उपस्थित गराउने तयारी

  • मंसिर १६, २०७६
  • कालापानी मिडिया
alt

विराटनगरः

बलत्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले आज बिहान करिव ४ बजे पक्राउ गरेको हो।

विराटनगर स्थित विराट नर्सिङ होमको डिलक्स क्याबिन नम्बर ५ आइतवार आइसियूमा सारिएको बाबालाई अस्पतालबाट नै नियन्त्रणमा लिएको हो। आफ्नो स्वास्थ्यमा समस्या भएको भनेपछि प्रहरीले उनलाई जिल्ला अस्पताल सुनसरीमा राखेको छ। आज नै बाबालाई जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ।
गिरी बिरुद्ध बलत्कार प्रयासको उजुरी शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीले दर्ता भइसकेको छ। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ। प्रहरीले अदालतबाट पक्राउपुर्जी लिएर पक्राउ गर्ने तयारी गरिरहेको छ।
तर ुसिद्धबाबाु भने आफूलाई षडयन्त्रमा पारिएको दाबी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved