रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना, १ जनाको मृत्य,५ घाइते

  • साउन ११, २०७७
  • कालापानी मिडिया
alt

प्रदिप आचार्य, बुटवल । रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आज (आईतबार) बिहान सैनामैना(१ बनकट्टामा भएको सवारी दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटलदेखि पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठेगानाका ३६ वर्षिय खेमराज परियार गम्भीर घाईते भएका छन् भने २५ वर्षका यमराज घर्तिमगर, ३५ वर्षकि चनु घर्तिमगर पिकअपका चालक २३ वर्ष का तेजेन्द्र बहादुर बुढा र दाङ राप्ति गाउपालिका १ का जोठबहादुर घर्तिमगर घाईते भएका छन् । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

ट्रक तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको ट्रालिक प्रहरीले जनाएको छ । वर्षाको समयमा सडक चिप्लो हुनु तथा तिब्र गतीका कारण एक आपसमा पिकअप र ट्रक ठोकिएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved