झापाको कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउदै

  • साउन १२, २०७७
  • कालापानी मिडिया
alt

झापा । झापाको दक्षिणी भेगमा रहेको कचनकवलमा सर्पदंश उपचार केन्द्र चाँडै सञ्चालनमा आउने भएको छ ।

जसअन्तर्गत सर्पदंश उपचारका सम्भावित विषयहरु अध्ययन गरी प्रतिवेदन तयार पारिएको छ ।

सर्पदंशका विषयमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेका कचनकवलका युवा प्रकाश काश्यपले प्रतिवेदन तयार पारेका हुन् ।

गाउँपालिकाको विभिन्न क्षेत्रमा गएर तयार पारिएको “कचनकवलमा सर्पदंश उपचार केन्द्र आवश्यकता एवं औचित्यता” विषयको प्रतिवेदन गाउँपालिकाले बुझेसँगै सर्पदंश उपचार केन्द्रको काम अघि बढ्ने भएको हो ।

गाउँपालिकामा सर्पको टोकाइमा पर्ने र सर्पदंशका कारण अकालमा ज्यान जानेको संख्या कम गर्न गाउँपालिकाले सर्पदंश उपचार केन्द्र स्थापना गर्ने घोषणा गरेको थियो । सोही अनुरुप गाउँपालिकाले युवा अनुसन्धानकर्ता कश्यपलाई गएको फागुनमा प्रतिवेदन तयार पार्ने जिम्मा दिएको थियो ।

आइतबार प्रतिवेदन बुझ्दै गाउँपालिका अध्यक्ष अञ्जरा आलम सर्पदंश उपचार केन्द्र सञ्चालन गर्ने परिकल्पना गाउँपालिकाबासीको भावना अनुरुप सुरु गर्न लागिएको बताए ।

‘अब छिट्टै नै हामी यसका माध्यमबाट जनतालाई सेवा दिई सर्पदंशको भयबाट मुक्ति प्रदान गर्ने दिशामा कार्य अगाडी बढाउँछौ,’ अध्यक्ष आलमले भने ।

यता प्रतिवेदक काश्यपले कचनकवलमा मानिसहरुको अकाल मृत्युको एक प्रमुख कारण सर्पको टोकाइ रहेको भन्दै घट्ना न्यूनीकरणका लागि पनि उपचार केन्द्र आवश्यक रहेको बताए ।

"काश्यपले गाउँपालिकाबासी सर्पको त्रासका बसिरहेको भन्दै जतिसक्दो चाँडो सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउनु पर्ने सुझाव आफूले प्रतिवेदनमार्फत दिएको बताएका छन् । ‘सर्पको टोकाइ र यसले सृजना गरेको त्रासदी झनै भयावह छ भन्ने कुरा मेरो खोजले देखाएको छ । जुन प्रतिवेदनमा आधारित तथ्यांकहरुले पनि बताउँछ,’ काश्यप भन्छन्,’म यसको लागी सामान्य अनुसन्धान गरिरहेको थिएँ, पछि गाउँपालिका र यस क्षेत्रमा स‌ंघीय सांसद राजेन्द्र लिङ्देनले हार्दिकताका साथ यो परिकल्पनालाई अगाडी बढाउने दिशामा कार्य गरेर मलाई जिम्मेवारी सुम्पिनु भएको छ । यो कार्य सतप्रतिशत सफल हुने कुरामा कुनै सन्देह छैन्।”

यता सांसद लिङदेनले पनि सर्पदंश उपचार केन्द्र आफ्नो प्रतिबद्दतामा परेको विषय रहेको भन्दै यसको सफलताका निम्ति प्रयास गरिरहेका बताए । ‘तयारी निकै अगाडी बढेको भएपनि कोभिड(१९ का कारणले केही समय कार्य अगाडी बढ्न सकेको थिएन। अब भने यसको बाँकी कार्य अगाडी बढाइने छ,’ उनले भने।

गाउँपालिकाले तत्कालका लागि बनियानीको प्राथमिक स्वास्थ्य केन्द्रकै केही कोठालाई सर्पदंश उपचार केन्द्रको रुपमा प्रयोग गर्न लागेको छ ।

खबरमञ्च

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved