बाढी सहितको भलले बगाउँदा युवाको मृत्यु

  • साउन १३, २०७७
  • कालापानी मिडिया
alt


मुक्ति न्यौपाने, पाल्पा । रम्भा गाउँपालिका–१, पाल्पामा बाढीले बगाउँदा एक युवाको मृत्यु भएको छ । आफ्नै खेतमा भल तर्काउन गएका ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राती अन्दाजी १ बजे खेतमा पसेको भग तर्काउन गएका दिनेशको मृत्यु भएको रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले बताए ।  मृतक दिनशको शव गेगरले पुरेको अवस्थामा भेटिएको वडाध्यक्ष समेत रहेका रेग्मीले बताए । रम्भा गाउँपालिकाको वडा नं. १ देखी वडा नं. २ को फोक्सिङकोट जाने सडकबाट आएको भलले बगाउँदा रम्भा गापा १ असेर्दीका दिनेश अर्यालको मृत्यु भएको स्थानीय दिपक पौडेलले बताए ।

उनको शव टाउकोमात्र देखिएको अवस्थामा भेटिएको थियो । मृतकका दाई भने सकुशल रहेका छन् । आफ्नै खेतमा जादा ढुङ्गा माटो सहित पहिरोको भलले बगाई अम्दाजी १० मिटर तल मृत अवस्थामा फेला परेको शव बारे थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved