कैलालीमा बर्षासंगै आएको बाढी गाउँ पस्दा सय बढि घर डुवानमा

  • साउन १४, २०७७
  • कालापानी मिडिया
alt

कैलाली । कैलालीमा बर्षासंगै आएको बाढी गाउँ पस्दा सय बढि घर डुवानमा परेका छन्। कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुरमा काडा नदी गाउँ परेपछि २५ घर डुवानमा परेका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुवानमा परेका छन्। काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० बढि घरमा डुवान भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए। कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुवानमा परेका छन्। 

घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरिक्षक विष्टले दिनेश खवरलाई जानकारी दिए। घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयवासीले बताएका छन्। भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय पालिकाले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन्। भजनीले जोखिमबाट बच्न पूर्वतयारीस्वरुप उद्धार टोली तयारी अवस्थामा राखेको नगरपालिकाले जनाएको छ। सो क्षेत्रमा वर्षेनी बाढी र कटान हुन्छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले सुदूरपश्चिमका अधिकासं क्षेत्रमा बर्षा भईरहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको विभागले जनाएको छ। आज दिउँसो र राति सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

हाल कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी बर्षा भईरहेको र थप बर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधर लगायतका नदीमा आकस्मिक बाढी आउने खतरा भएको समेत विभागले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved