काठमाडौँ । उनै ईः जो पाटनमा अनसन बसेपछि १२ औं दिनमा स्वास्थ्य मन्त्रालयसँग १२ बुँदे सहमति भएपछि ईः र पुकारले अनशन तोडेका थिए । समय बित्यो तर सम्झौता पालना भएन भन्दै तिनै ई यतिवेला काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा अनशसेकोनमा छन् । आज फेरी अनसन बसेको बाहै दिन भइसकको छ । कुनै स्वार्थका लागि अनसन बसेका छैनन् उनि । बस राज्यले कोरोना भाइरस कोभिड–१९ को सबल व्यवस्थापन गर्नुपर्ने माग मात्रै हो उनको ।
‘नागरिकको जीवन जोखिममा छ, सरकारले तदरुकताका साथ काम गर्नुपर्ने समयमा लापरबाही गर्यो,’ आफुहरुसंग गरिएको सम्झौतामा पनि बेवास्ता गरियो, भन्दै उनि फेरी अनरसन बस्न बाध्य छन् ।
कोरोनाबाट प्रभावित तीन करोड नेपालीहरुको स्वास्थ सुरक्षाको माग गर्दै अन्सनरत ई लाई बिभिन्न दलका नेता कार्यकर्ताहरुले साथ दिएका छन् । राप्रपाका नेता कार्यकताहरुले त दैनिक जसो उनको रेख देख गर्ने कार्य समेत गरेका छन् ।
बुधबार मात्रै राप्रपाका नेता राजाराम श्रेष्ठ बसन्तपुर पुगेर इ लाई आफु र आफ्नो पार्टीको पूर्ण समर्थन हुने छ भन्दै समर्थन जनाएर आएका छन् ।
नेता श्रेष्ठले जनताको सु स्वास्थ्यकालागि आफ्नो ज्यानको प्रभाह नै नगरी पटक पटक अनसनरत युवाहरुको माग ततकाल राज्यले सम्बोधन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरे । उनले अनसनरत युवा ई लाई सबैले साथ दिनु पर्ने र उनिहरुको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै चिन्ता व्यक्त गरे ।
यता, कोभिड १९ रोगबाट देशै भरिका नागरिकको स्वास्थ्य सुरक्षाको माग गर्दै अन्सनरत सत्याग्रही युवाहरुसंग सरकारले गरेको सम्झौता अबिलम्ब लागु गर भन्दै राप्रपाकि युवा नेत्रि श्री बिन्दा गिरिले पनि देश र जनताको लागि आफ्नो जन्म दिनको अबसरपारेर बसन्तपुर डबलीमा रिले अन्सन सुरुगरेकी छिन् ।
उनि हरेक दिन जसो इ लाई सहयोग र समर्थन गर्न भनेर बसन्तपुरमा पुगैकै हुन्छिन् । आफुले गर्न सक्ने हरेक सहयोग गर्न पछि नपर्ने नेतृ गिरि आफ्नो कार्यालय समयमै बन्द गरेर दिनको एक पटक त्यहाँ पुग्छिन् नै । उनि मात्रै होइन यतिवेला वसन्तपुरमा दैनिक अपरिचित युवाहरू अनशनमा सहभागी हुन थालेका छन्, कोही रिले अनशन बस्छन्, कोही प्लेकार्ड बोकेर शान्तिपूर्ण विरोध गर्छन् ।
नेतृ गिरिले साउन १५ गते अर्थात बिहिबार बेलुका ४ बजे राप्रपाले अन्सनरत युवाहरुसंग ऐक्यबद्धता जनाउने कार्यक्रम समेत रहेकाले बसन्तपुर डबलीमा उपस्थितकालागी अनुरोध समेत गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved