अबिरल वर्षाले आएको बाढीका कारण कैलालीमा ६ हजार घर डुबानमा,२ हजार परिवार विस्थापित,तिन जना बेपत्ता

  • साउन १५, २०७७
  • कालापानी मिडिया
alt

धनगढी । अबिरल वर्षा र त्यससँगै आएको बाढीका कारण कैलालीमा ६ हजार घर डुबानमा परेका छन् । दुई हजार परिवार विस्थापित भएको छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बाढीबाट सबैभन्दा बढी जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका बस्ती प्रभावित भएका छन् । भजनीमा दुई हजार एक सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार डुबानमा परेका छन् । त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८ सय २५ परिवार डुबानमा परेका जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

टीकापुरमा बाढीले ५६ घर भत्किएका छन् । डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ । यस्तै कैलालीमै बाढीमा परी वेपत्ता भएका तीन जनाको खोजी कार्य जारी छ ।

यता, बाढीमा बगेका कैलालीका तीनजनाको सकुशल उद्धार गरिएको हो भने तीनजना अझै बेपत्ता छन् । कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र बिक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेको जानकारीमा आएको छ । बुधबार दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० वर्षीय बलराम चौधरी, बिक्की शाही र हेमन्त शाहीलाई भने प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

बुधबार रातभरि र बिहीबार बिहान पनि वर्षा जारी भएकाले उद्धारका लागि समस्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved