अविरल वर्षाका कारण पहिरोमा परि घरबारबिहिन भएकाहरूलाई राहत बितरण

  • साउन १६, २०७७
  • कालापानी मिडिया
alt

नुवाकोट,साउन १६ नुवाकोट जिल्लाको बेलकोगटगढी नगरपालिकामा अविरल वर्षाका कारण पहिरोमा परि घरबारबिहिन भएकाहरूलाई राहत बितरण गरिएको छ । दुइपिपल इन्भेस्टमेन्ट कम्पनीले बुधबार एक कार्यक्रम गर्दै पहिरोबाट घरबारबिहिन भएका वडा ५ र ६ का ५ घरपरिवारलाई प्रती घर १० हजारका दरले राहत बितरण गरिएको दुइपिपल इन्भेस्टमेन्ट कम्पनीका सचीव राजेन्द्र बांस्कोटाले जानकारी दिए ।

राहत पाउनेहरुमा बेलकोटगढी नगरपालिका वडा ५ का तुलसी दास श्रेष्ठ ,लालबहादुर श्रेष्ठ,रामकृष्ण श्रेष्ठ लक्ष्मी बर्देवा,र वडा ६ का उद्दव नेपाल रहेका छ्न । सचिव बांस्कोटाका अनुसार कम्पनीले यसअघि पनि उक्त नगरपालिकाका विभिन्न गाउँहरुमा कोरोना भाइरस (कोभिड-१९)बारे जनचेतना मुलक कार्यक्रम तथा माक्स,पन्जा,सेनिटाइजर बितरण गरिएको पनि जानकारी दिनु भयो ।आफ्नै गाउँ ठाउँमा यस्तो आपत बिपत पर्दा,तथा सामाजिक कार्यमा केही सहयोग गर्ने उदेश्यले नै उक्त क्षेत्रबाट काठमाडौमा आइ आआफ्नो पेशा गर्ने युवाहरुले कम्पनी स्थपना गरेर यस्तै सामाजिक कार्य गर्दै आइरहेका छौ,सचीव बांस्कोटा बताए  ।कार्यक्रममा इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष नवराज गर्तौला,कोषाध्यक्ष मंगलबहादुर श्रेष्ठ,सचीव राजेन्द्रप्रसाद बांस्कोटा,सल्लाहकार दशरथ लामिछाने लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

गत शनिबार रातभर भएको अविरल बर्षाका कारण आएको पहिरोले घर भत्किदा बेलकोटगढी नपा–८ हर्रेमा ६८ बर्षिय अक्कलबहादुर तामाङको मुत्यु भएको थियो । यस्तै बेलकोटगढी नपा वडा नंं। ५ दुईपिपल डबली नजिकै रहेको मांझ गाउँमा पाँच घर पुरिएको थियो । भने २ वटा भैसी र २० वटा भन्दा बाख्रासमेत पहिरोले पुरेको थियो । पहिरोको कारण उक्त क्षेत्रमा रहेका ४० घर भन्दा बढी जोखिममा परेको छ ।116018748_965479303878465_1294542187859084604_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved