जनैपूर्णिमामा सार्वजनिक बिदा दिनुपर्ने राप्रपा अध्यक्ष कमल थापाको माग

  • साउन १९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनै पूर्णिमा तथा रक्षाबन्धनको दिन विदा दिनुपर्ने माग गरेका छन् । रक्षाबन्धन बाँधिरहेका पारिवारिक ​तस्बिरहरु ट्विटरमा शेयर गर्दै उनले आगामि वर्षदेखि सरकारले सार्वजनिक विदा दिनुपर्ने माग राखेका छन्।

‘सनातन धार्मिक साँस्कृतिक परम्परामा आजको दिनको ठूलो महत्व छ । आज रक्षाबन्धन, जनै पूर्णिमा, ऋषि तर्पणी, वेद जयन्ती, राखी, संस्कृत दिवस र क्वाँटी खाने दिनका रूपमा मनाउने प्रचलन छ’, थापाले लेखेका छन् ‘यस पावन दिनलाई सरकारले आगामि वर्षदेखि सार्वजनिक विदा दिनु उपयुक्त हुन्छ ।’

सरकारले जनै पूर्णिमा तथा रक्षाबन्धनको दिनको विदा करिब तीन वर्षअघि कटौती गरेको थियो । यद्यपि, कुनै–कुनै प्रदेश सरकारले भने यस दिन विदा दिने गरेका छन् ।sds

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved