बागलुङ । कोरोना संक्रमणको जोखिम हुन नदिन बागलुङका नेवार समुदायमा प्रचलित जात्रा र नाचहरु स्थगन गरिएको छ । भदौरे जात्रा अन्तर्गतका सबै नाच यस वर्ष नदेखाउने निर्णय भएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले जानकारी दिइन् ।
‘समाजको बैठक बसेर यस वर्ष जात्रा र नाच ननिकाल्ने निर्णय गर्र्यौँ’, उनले भनिन्, ‘कोरोना महामारीका कारण उत्पन्न विषम स्थितिका कारण जात्रा रोक्नुपर्यो ।’ नेवार समुदायका कलाकारले वर्षेनी जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म लाखे, बास्सा, रोपाइँ, जोगी, होवा, घोडा, कटुवाललगायतका नाच प्रदर्शन गर्थे ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved